मन्थली नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

प्रदेश ३ स्वास्थ्य

रामेछाप । राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य सोनु रोका र नेकपा एमालेकी नेता गीता कार्कीले मन्थली नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।

उनीहरुले मगंलवार अक्सिजन सहितको सिलिण्डर ५ थान, अक्सिजन कन्सन्ट्रेट ४ थान,पल्स अक्सिमिटर २ थान, एन्टिजेन किट १ सय थान, भिटिएम किट ५ थान र ५ सय थान मास्क रहेको छ । त्यसैगरी पीपीई सेट १५ थान, गाउन २० थान, थर्मल गन २ थान, र १ सयपीस एन–९५ मास्क मन्थली नगरपालिकाकी उपमेयर माया कार्कीलाई हस्तान्तरण गरेको राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य सोनु रोकाले जानकारी दिए ।

कोरोना महामारीको दोश्रो लहर चलेसँगै राष्ट्रिय युवा संघले विभिन्न दातृ निकायहरुसँगको पहलमा रामेछापका विभिन्न स्थानमा कोरोना महामारीको विचमा पनि स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गर्दै आएको छ । यसैगरी संघले कोरोना संक्रमितहरुको लागि पौष्टीक खानेकुराहरु लिएर घरदैलो कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ ।

Facebook Comments Box
ad