कोरोनाले ज्यान गुमाएका जनप्रतिनिधि र कर्मचारीको विवरण माग

समाज संसद
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रामेछाप । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानिय तहमा कोरोना संक्रमण (कोभिड–१९) भई ज्यान गुमाएका जनप्रतिनिधिहरु र कर्मचारीहरुको विवरण पठाउन सबै पालिकाका प्रमुख प्रशासकिय अधिकृतहरुलाई परिपत्र गरेको छ ।
सङ्घीय मामिला मन्त्रालयले मंगलवार धेरै स्थानिय तहका पालिकाहरुले अझै भएको अथार्थ विवरणहरु अद्यावधिक नगरेको र हालसम्म पनि विवरणहरु नभरेको भन्दै कोरोना संक्रमणवाट ज्यान गुमाएका जनप्रतिनिधि र कर्मचारीहरुको विवरण यथाशक्य चाडो अद्यावधिक रुपमा सीएमआईएसमा भरी पठाउन निर्देशन दिएको हो । साथै हाल पालिकाहरुले विवरणहरु दैनिक रुपमा अद्यावधिक गर्न छाडेका सबै विवरणहरु दैनिक रुपमा अद्यावधिक गर्न समेत निर्देशन दिएको हो ।

Facebook Comments Box

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
ad ad