पत्रकार संकट ब्यबस्थापन कोषमा श्रेष्ठ द्वारा २५ हजार सहयोग

अर्थ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापले स्थापना गरेको पत्रकार संकट ब्यबस्थापन कोषमा ब्यवसायी एबं समाजसेवी बिनोद श्रेष्ठले २५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
द्धिपज्योति हार्डवेयर मन्थलीका संचालकसमेत रहेका श्रेष्ठले पत्रकार महासंघ रामेछापले स्थापना गरेको पत्रकार संकट ब्यबस्थापन कोषमा २५ हजार रुपैयाँ सहयोग गरेका हुन् । मन्थली नगरपालीका वडा नं १३ देवीटार घर भएका श्रेष्ठ स्थानिय निर्वाचनमा नेकपा माओवादी केन्द्रका वडा अध्यक्षका उमेरद्वार समेत रहेका थिए । श्रेष्ठले पत्रकारहरुले अरुका लागि काम गर्नूृ पर्ने भएको र उनिहरुले विपद्को बेलामा पनि सूचना संकलनका लागि खुल्लम खुल्ला दौडिरहनु पर्ने हुँदा उनिहरुलाई जोखिम पनि उत्तिकै हुने भएकोले आफुले महासंघले खडा गरेको विपद् ब्यवस्थापन कोषमा उक्त रकम जम्मा गरेको बताए ।
यस अघि पनि सामाजीक क्षेत्रमा क्रियाशिल श्रेष्ठले सबैले गरेको सहयोगको कोषको थैलीलाई ओजपुर्ण बनाउन सहयोगी भूमिका निर्वाह गरेको भन्दै नेपाल पत्रकार महासंघ रामेछाप शाखाले उहाँलाई धन्यवाद समेत दिएको छ । साथै महासंघले अन्य सहयोगि मनहरुलाई पनि अभियानमा सहभागि हुन अपिल गरेको छ ।

Facebook Comments Box

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
ad ad