पत्रकार संकट ब्यबस्थापन कोषमा कंडेलद्वारा सहयोग

अर्थ स्वास्थ्य
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापले स्थापना गरेको पत्रकार संकट ब्यबस्थापन कोषमा व्यवसायी तथा समाजसेवी मेघराज कंडेलले ५ हजार सहयोग गरेका छन् । सुनापती गाउँपालिका वडा नम्बर २ दिमिपोखरीका व्यवसायी तथा समाजसेवी मेघराज कंडेलले नेपाल पत्रकार महासंघ रामेछापले स्थापना गरेको (पत्रकार) संकट व्यवस्थापन कोषमा ५ हजार सहयोग गरेका हुन । कंडेलले कोभिड–१९ बाट जिल्ला मातहतका पत्रकार तथा सञ्चारकर्मीहरु संक्रमित हुन थालेसँगै उनीहरुको लागि आर्थिक तथा औषधोपचारको व्यवस्था गर्न सहयोग पुगोस भन्ने उदेश्यले सहयोग गरेको बताए । पत्रकारहरु सधैं फ्रन्टलाईनमा बसेर काम गर्ने पत्रकार संक्रमणको जोखिम उच्च हुने भएकाले सबैले सहयोग गर्नु पर्ने पनि उनको भनाइ छ ।

Facebook Comments Box

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
ad ad