कांगे्रस द्वारा स्थानिय सरकारको बिरोध गर्दै प्रेस बिज्ञप्ति जारी

प्रदेश ३ समाज

रामेछाप । नेपाली कांग्रेस लिखुतामाकोशी गाउँपालिकाले स्थानिय सरकारले गरेको कामको बिरोध गदै प्रेस बिज्ञप्ति जारी गरेको छ । लिखुतामाकोशी गाउँपालिकामा कोरोना संक्रमणको कारण मानिसको ज्यान जादा समेत गाउँपालीका गैर जिम्मेवार रहेको भन्दै नेपाली कांग्रेसले गाउँपालिकाको.बिरोध गदै प्रेस बिज्ञप्ति जारी गरेको हो ।
लिखुतामाकोशी गाउँपालिकाका सभापती योगेश्वर तिमल्सिना र सचिब दामोदर थापाले हस्ताक्षर गरेको बिज्ञप्तिमा भनिएको छ गाउँपालिकामा केहिको मानविय क्षति भैसकेको र सयौको संख्यामा संक्रमित फेला परिरहेको अवस्थामा स्थानिय सरकार आफ्ना नागरिक हरुको जिउ धनको रक्षा गर्ने तर्फ कति पनि चिन्तित नभएको र पुर्णत गैर जिम्मेवार देखियको ले यस प्रति पार्टीकोे गम्भीर ध्यानकर्षण भएको जनाएको छ । संकमित विमारीको पिसिआर परिक्षण गर्ने,अस्पताल सम्म पुयाउने, उपचारको पहल गर्ने जस्तो न्युनतम काममा समेत स्थानिय सरकारको ध्यान नगएको भन्दै तत्काल सो कार्य गर्न बिज्ञप्तिमा भनेको छ ।
गाँउपालिका भित्रका सबै संकास्पद ब्यक्तको स्वास्थ्य परिक्षण गर्न,संक्रमितको उपचार गर्न र सबै नागरिकहरुलाई अबिलम्ब भ्यासिन को व्यवस्था गर्न समेत कांग्रेसले माग गरेको छ । गांउपालिकामा रहेका सरकारी गाडी एम्बुलेन्स तथा अरु सम्झौता भएका गाडीहरु कोरोना संक्रमित विरामीहरुका लागी निशुल्क संचालनमा ल्याउन समेत माग गरेको छ । साथै गाउँपालिकाको केन्द्रमा तुरुन्त अक्सिजन सहितको आइसुलेसन तयार गरी कोभिड बिरामी हरुलाई निशुल्क खान,वस्न को प्रवन्ध मिलाउन स्थानिय सरकारको ध्यानाकर्षण गराएको छ ।
बिजुलीकोटमा १५शैयाको अस्पताल निर्माणगर्न ९ रोपनी जग्गा स्थानिय बाट सहयोग भई शिलान्यास समेत भएको तर केहि ब्यक्तीको मिलेमतोमा अन्यन्त्र बजेट विनियोजन गरेको भन्दै बिरोध समेत गरेको छ । यदि शिलान्यास भएको स्थानमा अस्पताल निर्माण नभई अन्य स्थानमा निर्माण भएमा नेपाली काँग्रेस त्यसको कडा प्रतिवाद गर्ने चेतवानी समेत दिएको छ ।
गाउँपालिकाको पहिलो प्रथमिकता नागरिकको जिउधनको रक्षा गर्ने भएकोले तत्काल बजार बन्द गरी संकास्पद ब्यक्तीहरुको कोरोना परिक्षण गरि उपचार तिर लाग्न समेत आग्रह गरेको छ । काग्रेसले आफ्नो मागहरु यथासिघ्र सम्बोधन नगरीयमा संघर्षका कडा कार्यक्रमहरु अगाडी बढाउने चेतावनी समेत दिएको छ ।

Facebook Comments Box

ad ad