पत्रकार संकट ब्यबस्थापन कोषमा कांग्रेस नेता श्रेष्ठ द्वारा १0 हजार सहयोग

अर्थ समाज

रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापले स्थापना गरेको पत्रकार संकट ब्यबस्थापन कोषमा नेपाली कांग्रेसका क्षेत्र नम्बर २ रामेछापका कोषाध्यक्ष तथा समाजसेवी राजेश कुमार श्रेष्ठले १० हजार सहयोग गरेका छन् ।
ब्यवसायी समेत रहेका श्रेष्ठले पत्रकार महासंघ रामेछापले स्थापना गरेको पत्रकार संकट ब्यबस्थापन कोषमा १० हजार सहयोग गरेका हुन । खाडाँदेवी गाउँपालिका–३ भिरपानी घर भएका श्रेष्ठले कोभिड–१९ बाट जिल्ला मातहतका पत्रकार तथा सञ्चारकर्मीहरु संक्रमित हुन थालेसँगै उनीहरुको लागि आर्थिक तथा औषधोपचारको व्यवस्था गर्न सहयोग पुगोस भन्ने उदेश्यले सहयोग गरेको बताए । पत्रकारहरु सधैं फ्रन्टलाईनमा बसेर काम गर्ने पत्रकार संक्रमणको जोखिम उच्च हुने भएकाले सबैले सहयोग गर्नु पर्ने पनि उनको भनाइ छ ।

Facebook Comments Box

ad ad