संकट ब्यबस्थापन कोषमा चौहानद्वारा १० हजार आर्थिक सहयोग

अर्थ समाज

रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापले स्थापना गरेको पत्रकार संकट ब्यबस्थापन कोषमा युवा व्यावसायि एवं समाजसेवी कमल चौहानले १० हजार आर्थिक सहयोग गरेको छ । ओके कान्तिपुरका कार्यकारी निर्देशक समेत रहेका चौहानले पत्रकार महासंघ रामेछापले स्थापना गरेको पत्रकार संकट ब्यबस्थापन कोषमा सबै भन्दा पहिला १० हजार आर्थिक सहयोग गरी खाता खोलेका हुन । मन्थली नगरपालिका वडा नं १३ फुलासी घर भएका चौहान लामो समय देखि दोलखाको चरिकोटमा ब्यबसाय गर्दै आएका छन् । मनका धनी चौहानले यस अघि पत्रकार महासंघ दोलखा ले स्थापना गरेको कोषमा पनि आर्थिक सहयोग गरेका थिए । आफ्नो जन्मदिनमा समेत क्यान्सर पीडितलाई आर्थिक सहयोग देखि अनाथालयलाई खाद्यान्न सहयोग गर्दै आएका चौहानले पत्रकारलाई जोखिम संग समाना गर्न सजिलो होस भनेर आफुले सानै रकम भएपनि सहयोग गरेको बताएका छन् । चौहानले भने रामेछापका पत्रकार साथीहरूलाई आफुले सानो सहयोग मात्र गरेको हुँ यसले पनि केही राहत महसुस गर्नु हुने छ भन्ने आशा गरेक छु । सधैं फ्रन्टलाईनमा बसेर काम गर्ने पत्रकार संक्रमणको जोखिम उच्च हुने भएकाले सबैले सहयोग गर्नु पर्ने पनि उनको भनाइ छ ।

Facebook Comments Box
ad