काँग्रेस सभापति देउवाले बुझाए प्रधानमन्त्री ओलीलाई १५ बुँदे ज्ञापन–पत्र

बिशेष समाज

रामेछाप । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ज्ञापन–पत्र बुझाएका छन् ।

नेपाली काँग्रेसका शीर्ष नेताहरुसहित सिंहदरवार पुगेका नेपाली काँग्रेसका सभापति देउवाले प्रधानमन्त्री ओलीलाई ज्ञापन–पत्र बुझाउँदै आम नागरिकहरुको जीवनप्रति थप जिम्मेवार रहन आग्रह गरेका छन् । काँँग्रेस सभापति देउवाले बुझाएको ज्ञापन–पत्रमा कोरोना बिरुद्धको खोप सबै नागरिकहरुलाई उपलव्ध गराउन, अक्सिजनको अभाव तत्काल अन्त्य गर्न र खोप खरिदमा भएको अनियमितताको छानविन गर्न समेत आग्रह गरेका छन् ।

त्यसैगरी काँग्रेस सभापति देउवाले अहिलेको सरकारले कोरोना महामारीको समयमा सिमानाकाहरुको समयमा नै समुचित व्यवस्थापन गर्नेतर्फ सरकार गम्भिर नहुँदा पनि यो अवस्था सिर्जना भएको हो । त्यस्तै कोभिड–१९ महामारीको पहिलेको चरणभन्दा यो चरण कयौँ गुणा भयावह अवस्था रहेको र दैनिक रुपमा सङ्क्रमण दर र मृत्यु दर उच्च गतिमा बढेको र खोप किन्ने कुरामा समेत भ्रष्टाचार भएको भन्दै प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण गराएका छन् ।

काँग्रेस सभापति देउवाले बुझाएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कोरोना नियन्त्रणको लागि दिनरात प्रयत्न गरिरहेको र खोप खरिदमा कुनै पनि भ्रष्टाचार भएको भन्ने आरोप निराधार रहेको बताएका छन् ।

Facebook Comments Box

ad ad