कोरोनावाट एकैदिन २४६ को ज्यान गयो

समाज स्वास्थ्य

रामेछाप । कोरोना भाइरस संक्रमणबाट बुधवार एकै दिन २ सय ४६ जनाको ज्यान गएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप ८ हजार १ सय ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जननाएको छ ।

अहिलेसम्म कोरोना संक्रमणबाट एकै दिन ज्यान गुमाउनेको संख्या अहिलेसम्मकै उच्च रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको    छ । यसअघि गत वैशाख २८ गते २ सय २५ जनाले एकैदिन कोरोना संक्रमणवाट ज्यान गुमाएका थिए ।

Facebook Comments Box
ad