फेरी डिजल र पेट्रोलको मुल्यमा बृद्धि

अर्थ

काठमाडौँ । नेपाल आयल निगमले फेरी पनी पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २÷२ रुपैयाँका दरले मूल्यवृद्धि गरेको हो । निगमका अनुसार काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाको मूल्य प्रतिलिटर ७८ कायम भएको छ । बृद्धि भएको मुल्य (आइतबार) राति १२ बजेपछि लागु हुनेछ । आयल निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन ।

Facebook Comments Box
ad