अहिले जनता बचाऊ, सत्ता आफैँ आउँछ

Uncategorized

कोरोनाको दोस्रो भेरियन्टले देशमा अकल्पनीय क्षति पु¥याइरहेका बेला गएको सोमबार संसदमा भएको विश्वासको मतमा प्रधानमन्त्री केपी शर्मा ओलीको आफ्नै पार्टीका २८ जना सदस्यहरू संसदमा अनुपस्थित भएका कारण लज्जास्पद हार बेहोरेर प्रधानमन्त्री पदबाट स्वतः पदमुक्त हुनुपर्यो । करिब दुई तिहाई नजिक संसदको सिटमा विजय प्राप्त गरेर नेपालमा अहिलेसम्मकै ठूलो कम्युनिष्ट पार्टीको परिचयमा शासन चलाउने मांैका पाएको ओली सरकार कालान्तरमा आफूले मागेको विश्वासको मतमा ९३ संख्यामा खुम्चिन बाध्य भयो ।
राजनीतिमा नेताको हरेक घडीमा परीक्षा हुन्छ ।नेता, अभिनेता र अन्य व्यक्तिका लागिसमेत जीवनका हरपल परीक्षाका घडी हुन्छन् । अहिले देशैभरि कोरोना कहरलेदिनहूँ डेड दुईसय जनता मरिरहेका छन् । अस्पतालहरूले ७० वर्ष नाघेका बिरामी भर्ना नलिने सूचना टाँसेका छन् ।
निजी अस्पतालको उपचार दररेट हेर्दा सद्दे मानिस बिरामी हुन्छन् । दिनको तीसौं हज्जार रुपैयाँ तिरेर गरिब जनता कोभिडको उपचार गर्न सक्दैनन् । यस्तो बेलाँ सरकारी अस्पतालले बिरामीको चाप थाम्न नसक्नु, स्थानीय तहबाट सुविधा सम्पन्न आइसोलेसन सेन्टर र होल्डिङ् केन्द्र नबनाएका भनी अहिले सरकार र सरोकारवालाहरूलाई आरोप लगाउने गरिन्छ ।
सोमबार आफैँले विघटन गरेको संसदले आवश्यक विश्वासको मत नदिई ओलीलाई पदमुक्त ग¥यो । एक वर्षका कोरोना कालबीच देशमा घटेका विभिन्न घटना हेर्दाकाम चलाउ प्रकृतिमा पुगेको केपी ओली सरकार पूर्णरूपमा असफल हो । जुन प्रकार र प्रकृतिको कोरोना विरुद्धको उपचार तयारी गर्नु पर्दथ्यो त्यो नसकेर आफ्ना मन्त्री र सल्लाहकारका पुत्रद्वयको कम्पनी प्रयोग गरी स्वास्थ्य सामग्री, औषधि र उपकरणको खरिदमा भएको भनिएको भ्रष्टाचारमा संसदको सार्वजनिक लेखा समितिले समेत तत्कालीन स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई तोकेरै भ्रष्टाचारमा मुछे पनि ओलीले पुरस्कारस्वरूप पर्यटन मन्त्रीमा थमौती गरिदिए ।
जनता लोकतन्त्रमा भगवान् हुन् तर नेपालमा जनताभन्दा आफ्ना हनुमान, आसेपासे, कार्यकर्ता रभजन मण्डलीलाई नियुक्तिमा प्राथमिकता दिइयो । कोरोना महामारी विरुद्ध लड्न सरकारका तर्फबाट वैज्ञानिक, वस्तुनिष्ठ, तथ्यपरक दृष्टिकोण मात्रै ल्याउनु पर्दथ्यो, त्यो भएन । राजनीतिज्ञ कम, विज्ञव्यक्ति ज्यादा बोल्नुपथ्र्यो, उल्टो भयो । महामारीलाई कम आँक्ने, हचुवा टिप्पणी गर्ने, मनोरञ्जनको विषय बनाउने काम मुलुकको कार्यकारी प्रमुखबाट भयो ।
कोरोना भित्रिएको डेढ वर्षसम्म ओलीले उट्पट्याङ्ग मात्र गरे । नीतिगत, कार्यगत भ्रष्टाचार गर्दै देश लुट्दै, विकासको नाममा जनतालाई नचाहिने कुस्त कमिसन आउने योजना बनाए । जुनकोरोना महासंकटमा कामै लागेनन् । धरहरा बनाउने ४ अरब रुपैयाँ र दसौं अरब रुपैयाका क्रिकेट रंगशाला र भ्यु टाबरले देशको स्वास्थ्य सेवाको व्यापक स्तरोन्नति रभएको भए अहिले धेरैको ज्यान बँच्दथ्यो ।
नेपाली सेनाले ‘एमालेको पार्टी कामका लागि आफ्नो हेलिकप्टर प्रयोग नगरौं बुद्ध एयरकै प्लेन चढौं प्रधानमन्त्रीज्यू र रक्षा मन्त्रीज्यू भनेको भए’ कोरोना कोषको १५ अरब रुपैयाँ स्वाहा हुँदैनथ्यो । कमसेकम कोरोनाको बिरामले जनताको ज्यानै लानेथिएन । ओली सत्तामा लम्पट भएर बस्नु, राष्ट्रपतिलाई बडामहारानीलाईझैँ जति सुविधा दिए पनि अझैअझै भन्दै थप्नु नै नेपाली जनताकालागि काल भयो र अकालमा जनता मरे ।
कोरोना भनेको आफैँमा केही हैन तर उचित मेनेजमेन्ट गर्न नसक्दा विकराल रुप लिने हो । कोरोना र हैजा एउटै हो मान्छे मार्ने र सर्ने काममा । अझ अफ्रिकामा फैलिएको मलेरिया, इबोला र एच्आइभीको संक्रमण योभन्दा भयावह छ । कोरोनाले यो स्वास्थ्य समस्या गर्यो त्यो जटिल समस्या ल्यायो भनेर आफू पानी माथिको ओभानो नबनौं । नेपालमा स्वास्थ्य सेवामा समस्याहरु पहिलेदेखि नै थिए खाली ढाकछोप गरेर बाहिरबाहिर देखावटी शृङ्गार गरी चिरीच्याँट्ट पारिएकोथियो ।
यो जब्बर रोगले सबैलाई छर्लङ्ग देखाइदियो । कुनकुन देशमा कोरोनाले गर्दा कति समस्या दियोभन्दा स्वास्थ्य सेवालाई नाफा कमाउने उद्योगको रुपमा लिने अमेरिका, ब्राजिल, ठालु कुरा गर्ने – आफ्नो नागरिकलाई सम्पत्ति र सामन्ती हाइरार्कीमा उच्च राख्ने बेलायत, फ्रान्स र इटाली नै हुन् । उनीहरुप्रति बाल मतलब, छु मतलब या जिरो मतलब भन्ने ओली जनताको करले ४ अर्ब रुपियाँको धरहरा र देशभरि १० अरबको भ्यु टाबर बनाउने हामी रैतीलाई अहिले कोरोनाले गाँज्यो । अक्सिजननपाएर मान्छे मरिरहेका छन् । सरकार खालि तिकडम गर्छ । खासमा कोरोनाको बिरामीलाई ५० प्रतिशत सामान्य रुघाखोकी हुन्छ, ज्वरो, झाडापखाला, जिउ दुख्ने आदिका लागि सिटामोल ग्लुकोज, जिङ्क ट्याब्लेट, डाइरियाको औषधि र नियमित अक्सिजनको जाँच, शरीरको तापक्रम नाप्ने गरे ३ हप्तामै निको हुन्छ ।
थप २५ प्रतिशत बिरामीलाईघरमा अक्सिजन दिने, नियमित ज्वरोको औषधि दिने गरे निको हुन्छ । बाँकी रहेमध्ये २० प्रतिशतलाई अस्पतालमै भर्नागरी सामान्य आइसोलेसन वार्डमा राखेर हाइकन्सट्रेसनको अक्सिजन, स्लाइनमार्फत् एन्टी बायोटिक दिएर, ८ किसिमका प्रभावकारी औषधिहरु छन् सो दिएमा कोरोना ३ हप्तामा पूर्ण निको हुन्छ तर कोरोना लागेका ५ प्रतिशत मानिसाई मने आइसियु÷भेन्टिलेटरमै राख्नुपर्छ । अक्सिजन समेत लिन नसक्ने हुन्छन् ।
नेपालमा केही तयारी छैन सो देखियो । अहिले स्वास्थ्य संरचनाले धानेको छैन । महामारीकै शुरुमा नै सब सिष्टम फेल भयो । महामारीको चरम अवस्थाको कल्पनासमेत गर्न सकिन्न । अब जनताको ज्यान बचाउने हो भने देशैभरि अक्सिजन प्लान्टको निर्माणमा ध्यान दिने । देशैभरि स्थानीय तहमा अक्सिजन र भेन्टिलेटर जोडी सुविधासम्पन्न आइसोलेसन सेन्टर निर्माण गर्नुपर्छ ।प्रमुख राजनीतिक पार्टीहरुलाई अहिले यतिखेर सरकार निर्माणको ज्वरो आएको छ । जनताको ज्यान बचाउने हो भने तुरुन्त सर्वदलीय सरकार बनाऊँ नत्र लाखौंलाख मानिस हताहती हुन बेर लाग्दैन ।
यसका लागि गर्नुपर्ने पहिलो काम सर्वदलीय सरकार गठन गर्ने हो ।पहिलो काम देशमा स्वास्थ्य संकटकाल घोषणा गर्ने, सम्पूर्ण विकास बजेटको आधा रकम २ खर्ब रुपैयाँ कोरोना खोप, उपचार, राहत, पुनर्निमाण, पुनस्र्थापना मै खर्च गर्ने मोडालिटी बनाऊँ । अधिराज्यभरि प्रति १ लाख जनसंख्यामा १००० बेडको अस्पताल र १००० अस्पताल कोबिडका जसमा २० वटा आइसियु र २० वटा भेन्टिलेटर आवश्यक हुन्छ, त्यो ल्याऊ र तुरुन्तै जडान गर । नेपालका सबै कलेज र विद्यालयलाई अस्थायी कोरना उपचार केन्द्र भनेर खोली हाल ।
दोस्रो काम – सबथोक छाडेर दुईवटा खोप किन्न अमेरिकी कम्पनी नोभाभ्याक्स र जोन्सन एण्ड जोन्सनलाई, जो पूरा सुरक्षित छन्, ती किन्न अमेरिकी सरकारसँग सर्ट एण्ड स्वीट तरिकाले वार्ता गरीतुरुन्तै किन । यी प्रभावकारी खोप छन् बुक गरिहाल । यी खोप ल्याएर यो २०७८ को दसैँसम्ममा सबै नेपालीलाई अनिवार्य खोप लगाउने मोडालिटी बनाऊ ।
अमेरिकी कम्पनीले प्रोटिनमा आधारित खोप कोरोना भाइरसको खोप नोभाभ्याक्स भ्याक्सिन (ल्ख्ह्(ऋयख्द्दघठघ) तयार गरेर अब १० करोड डोज यो साल अमेरिकीलाई लगाइदिँदै छ । जोन्सन एण्ड जोन्सनको खोप त एक डोज मात्रै लगाउनु पर्छ । वैदेशिक रोजगारीमा गएका हाम्रा तमाम युवाहरुलाई यो लगाइदिँदा राम्रो हुन्छ । अहिले विश्वमा खोपको ठूलो राजनीति छ ।नेपालमा कमिसन खेलले खोप आपूर्ति नहुने भएछ । नोभाभ्याक्स र जोन्सन एण्ड जोन्सन खोप सबै नेपालीले लगाऊँ ।
तेस्रो काम – देशैभरि आपलकालजस्तो बजेट लगाएर कोरोना उपचार केन्द्र खोल, भ्यान्टिलेटर, आइसियु, हाइ कन्सट्रेसन अक्सिजन, कोरोनाको औषधिको व्यवस्था गर । प्लेन चाटर्ड गरेरै अमेरिकी सरकारसँग १० हज्जार थान आइसियु र ३० लाख थान सिलिण्डर किनेर ल्याऊ ।
चौथो काम – कोरोनाको कहरमा बसेका जनतालाई टेष्ट, उपचार, राहत, पुननिर्माण,पुनस्र्थापना र रोकिएको विकासगति अगाडि बढाऊ । जसका लागि दाता राष्ट्रले भनेका भन्यै छन् –स्पष्ट नतिजा आउने कार्यक्रम बनाऊ । कोरोनाका लागि आवश्यक सबै उपचार, राहत, पुननिर्माण, पुनस्र्थापनाका कार्यक्रम सञ्चालन गर ।
पाँचौ काम –अहिले कोरोनालाई प्रयोग हुने ८ किसिमका औषधिहरु (Dexamethasone, Remdesivir, Regeneron’s monoclonal antibody, Zinc, Vitamin-D, Famotidine, Melatonin, Aspirin) अमेरिकाबाट १ लाख डोज झिकाऊ। यिनीहरुको प्याकेज बनाई सर्वसाधारणलाई गाउँगाउँमा शीघ्रातिशीघ्र उपलब्ध गराऊ जसले कोरोनाबाट मर्नेको संख्या ९० प्रतिशत घट्छ ।
यीयस्ता व्यवहारिक कुराहरुको सल्लाह अहिलेको सरकारलाई दिनु भनेको भालुलाई पुराण सुनाउनु हो । वर्तमान सरकारको कार्यशैली हेर्दा यो देशमा सरकार नै छैनजस्तो लागिरहेको छ । केही दिनअघि उपत्यकाका मेयरहरुसँगको संयुक्त बैठकमा उपत्यकाका अस्पतालका प्रमुखमध्ये गंगालाल हृदय रोग केन्द्रका निर्देशक डा.चन्द्रमणि अधिकारीलेहाक्काहाक्की भने –‘देशको स्वास्थ्य प्रणाली नै कोल्याप्स भैसक्यो ।’ हामी अझ एककदम अघि बढेर भन्छौं‘स्वास्थ्य प्रणाली भएको मुलुक भएको भए न प्रणाली कोल्याप्स हुन्थ्यो ।’ यहाँ त राम भरोसमै अडिएको प्रणाली जतिखेर जे पर्छ त्यतिखेर त्यही काम गर्ने चिन्तन र व्यवहार भएको हुनाले आधुनिक प्रणालीको विकास गर्न सकिएको छैन भने यस्तो बेलाँ कोरोनाले लाखौं नेपाली मरिसक्दा चुँक्क कसैले बोेलेका छैनन् ।
‘सत्ता, शक्ति र सम्पत्तिको हण्डीमा ¥याल काढ्ने केपी ओली, माधव नेपाल, झलनाथ, शेरबहादुर, रामचन्द्र, प्रचण्ड, बाबुराम, महन्थ ठाकुर, उपेन्द्र यादवलगायतका कथित नेता भन्नेहरु हो अस्पतालका शैयामा आफैँ अक्सिजन नपाएर तड्पिईतड्पिई ज्यान गुमाउनु परेको भए मात्रै पलपल संघर्ष गर्दै मृत्यु व्यहोर्ने विवश निरीह जनताको दुःख बुझ्ने थियौ हो ?’
‘आज अस्पतालमा उपचारका लागि अक्सिजन र शैया होइन, आर्यघाटमा शब जलाउन चिता अभाव भैसक्यो तर राजनीतिका अपराध शिरोमणिहरु सत्ताको लुछाचुँडीमा लिप्त हुन तिमलाई लाज लाग्दैन ? हे ! मानवता मरेका गिद्धहरु हो ! कतिलुस्छौ महामारीले डसेका नागरिकको यो सिनो ? धिक्कार !’ – पत्रकार राजन कुइँकेल आफ्नो फेसबुक स्टाटसमा लेख्छन् । अहिले यीयस्ता स्टाटसहरुसामाजिक सञ्जालमा वर्षा हुन्छन् ।
अहिले कुनै नेता र कार्यकर्ताहरुबोलिरहेका छैनन् । सामाजिक उत्तरदायित्व बहन गरिरहेका छैनन् । अहिले त जनता बँचाउने बेला हो । जनता बाँचिबर्ती रहे भने चुनाव त आफैँ समय घर्किएपछि आउँछ । विश्वबाट अलिकति पनि तिमीहरुलाई लाज, घिन र डर हुन्छ भने ए ! नेपालका नेताहरु हो जनता बँचाउने काम गर । बाँकी नेपालीको अहिले तिमीहरुसँग माग्ने र भन्ने बेला केही छैन ।
ड्ड

Facebook Comments Box
ad