काग्रेंस नेता बस्नेत द्वारा गोकुलगंगा अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

स्वास्थ्य

रामेछाप । नेपाली काग्रेसका नेता नानीबाबु बस्नेतले गाकुलगंगा गाउँपालिकामा रहेको गोकुलगंगा अस्पताललाई अक्सिजन सहित सिलिण्डर सहयोग गरेका छन । काग्रेस नेता बस्नेतले १४ थान अक्सिजन सहितको अक्सिजन सिलिण्डर अस्पताललाई सहयोग गरेको हो । बिश्वमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण हजारौ मानिसले समयमा अक्सिजन नपाउँदा ज्यान गुमाउन परेको भन्दै गाएँपालिकामा सञ्चालीत अस्पताललाई अक्सिजन सहित सिलिण्डर उपलब्ध गराएको काग्रेँस नेता बस्नेतले बताए ।
नेपाली काग्रेंसको तर्फबाट गाउँपालिका अध्यक्षको प्रत्यासी समेत रहेका बस्नेतले आफ्नो गाउँपालिकाका नागरीकले अक्सिजनको अभाबमा ज्यान गुमाउन नपरोस भनेर अक्सिजन सहित सिलिण्डर उपलब्ध गराएको बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत इश्वरी सुबेदीले अक्सिजन सिलिण्डर बुझ्दै बिश्वमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरस सरकारले मात्र चाहेर अन्त्य नहुने भन्दै सहयोगी काग्रेंस नेता बस्नेतलाई धन्यवात ब्यक्त गरे । धेरै जिल्लामा अहिले अक्सिजन अभाबमा मानिसले अकालमा ज्यान गुमाईरहेको अवश्थामा गाउँपालिकालाई अक्सिजन सहित सिलिण्डर उपलब्ध गराएर गाउँपालिकाको नागरिक र स्थानिय सरकारलाई सहयोग गरेको भन्दै आभार समेत ब्यक्त गरे । त्यसतै प्रशासकिय अधिकृत सुबेदीले यो जटिल अवस्थामा सबै सुरक्षित रहन र एक अर्का संग भेट घाट नगर्न समेत आग्रह गरे ।

Facebook Comments Box
ad