कोरोना संक्रमण बाट एक जनाको निधन

स्वास्थ्य

रामेछाप । कोरोना भाइरस(कोभिड–१९) का कारण रामेछापमा एक जनाको मृत्यु भएको छ । रामेछाप जिल्लामा कोरोना संक्रमण बाट ज्यान गएको यो पहिलो घट्ना हो । शुक्रबार बिहान ३ बजे सुनापती गाउँपालिका–२ दिमिपोखरी निवासी ६३ बर्षका एक पुरुषको कोरोना संक्रमणको कारण ज्यान गएको हो । बैशाख २६ गते कोरोना पोजेटिभ आएपछी उनी होम आइसुलेसनमा बसीरहनु भएको थियो । केहि दिन पछी स्वास्थ्यमा समस्या देखापरेपछी उनलाई उपचारको लागी सुनपाति कोभिड अस्पतालले काष्ठमडौंमा रिफर गरेको सुनपाति कोभिड अस्पताल का चिकित्सकले जनाएको छ । काष्ठमाण्डौमा कुनै अस्पतालमा बेड नपाएपछी बैशाख २९ गते राती ११ बजे मन्थली प्राथामीक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना गरेपनी उनको बिहान ३ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुबन थापाले जानकारी दिए । कोरोना संक्रमणको कारण रामेछापमा घर भएका अन्य मानिसको मृत्यु भएपनी रामेछापमा कोरोनाको कारण मृत्यु भएको भने यो पहिलो घट्ना हो ।

Facebook Comments Box
ad