सिन्धुली पछी दोलखामा पिसिआर परिक्षण सुरु

स्वास्थ्य
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रामेछाप । सिन्धुली जिल्ला पछी बुधबार देखी दोलखामा पिसिआर परिक्षण सुरु गरिएको छ । करिब १० दिन अघि जिल्लामा पिसिआर मेसिन सहितको ल्याव स्थापना गरिएकोमा बुधबारबाट परिक्षण सुरु गरिएको हो ।
आज जिल्ला समन्वय समितिका प्रमुख डलब पाण्डे र भीमेश्वर नगरपालिकाका नगरप्रमुख भरत केसीले संयुक्त
रुपमा चरिकोट अस्पतालमा स्थापना गरिएको पिसिआर ल्यावको उद्घाटन गर्नु भएको हो । सो ल्यावबाट एक पटकमा एक सय जनाको स्वाव परिक्षण गर्न सकिने अस्पतालले जनाइएको छ । कोरोना महामारीलाई लक्षित गर्दै दोलखाबाट संघ र प्रदेशमा प्रत्यक्ष निर्वाचित तीन जना सांसदहरुले ५०÷५० लाखका दरले विनियोजन गरेको १ करोड ५० लाख बजेटवाट चरिकोट अस्पतालमा पिसिआर मेसिन सहितको प्रयोगशाला ल्याव स्थापना गरिएको थियो ।
दोलखावाट प्रत्यक्ष निर्वाचित सांसदहरु पार्वत गुरुङ,पशुपति चौलागाई र विशाल खड्काले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम र प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम मार्फत पहिलो चरणको कोरोना महामारीकै बेला ५० लाखका दरले डेढ करोड बजेट बिनियोजन गरेका थिए । तर, दोस्रो लहरको कोरोना महामारीको बेला ल्याव आजदेखि सञ्चालनमा आएको हो । पिसिआर परिक्षण गर्ने प्रयोगशाला ल्याव सञ्चालनमा ल्याउनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट स्वीकृती लिनुपर्ने व्यवस्था रहेकोले ल्याव सञ्चालनमा केही ढिलाई भएको थियो ।

Facebook Comments Box

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
ad ad