ट्याक्टरले बाइकलाई ठक्कर दिदा प्रहरी हवल्दारको ज्यान गयो

Uncategorized समाज

रामेछाप । लिखु तामाकोशी गाउँपालिका वडा नं ६ खिम्ती प्रहरी चौकीवाट राजमार्ग गस्तीमा निस्किएको प्रहरीको बाइकलाई गएराती विपरीत दिशावाट आएको ट्याक्टरले ठक्कर दिदाप्रहरी हवल्दारको ज्यान गएको छ ।
प्रहरी चौकी खिम्तीवाट राजमार्ग गस्तिमा निस्किएको प्रहरीको बा ४७ प ५२१५ नम्वरको बाइकलाई विपरित दिशावाट आएको ना ६त २७७२ नम्वरको ट्याक्टरले ठक्कर दिदा बाइकमा सबार प्रहरी हवल्दार नन्दलाल शर्दारको ज्यान गएको हो । त्यस्तै सोही बाइकमा सवार प्रहरी नायव निरिक्षक जोखन बैठा गम्भिर घाइते भएका छन् ।
लिखु तामाकोशी गाउँपालिका ६ खिम्तीको माथिल्लो बजारमा भएको दुर्घटनामा परि गम्भिर घाइते भएका उनीहरुको घटनास्थल वाट उद्धार गरि मन्थली स्थित तामाकोशी अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि दुवैजनालाई नेपालप्रहरी अस्पताल महाराजगंज काठमाण्डौं पठाइएको थियो । उपचारको लागि पठाइएका मध्ये प्रहरी हवल्दार नन्दलाल शर्दारको अस्पताल नपुग्दै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए । उनकाअनुसार घटनामा परि गम्भिर घाइते भएका प्रहरी नायव निरिक्षक जोखन बैठाको हाल नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको र उनको अवस्था खतरा मुक्त रहेको बताए ।
घटनापछि ट्याक्टर चालक फरार रहेका छन् । प्रहरीले ट्याक्टर आफ्नो नियन्त्रणमा लिएर चालकको खोजी भइरहेको जनाएको छ । दुर्घटनामा परि बाइक क्षतविक्षत भएको छ ।

Facebook Comments Box
ad