प्रहरीमा ३ महिनामा ५३ मुद्धा दर्ता, ४४ अभियुक्त प्रकाउ

प्रदेश ३ समाज

रामेछाप । जिल्लाप्रहरी कार्यालय रामेछापमा वितेकातीनमहिनामा ५३ वटा मुद्धा दर्ता भएका छन् भने ४४ जनाप्रकाउ परेका छन् । जिल्लाप्रहरी कार्यालय रामेछापले आईतवार पछिल्लो तिनमहिनाको प्रगतिबिवरण सार्वजनीक गरेको छ । प्रहरीले गत माघ, फागुन र चैत्रमाजम्मा ५३ वटा मुद्धा जिल्लाप्रहरी कार्यालयमादर्ता भएको जनाएको छ । त्यस्तै फरार रहेका सहित ४४ जनालाई पछिल्लो तिनमहिनामा नियन्त्रणमा लिएकोप्रहरीले जनाएको छ ।
जिल्लाप्रहरी कार्यालय रामेछापले सार्वजनिक गरेको विवरण अनुसार फैसलाकार्यान्वयनतर्फ बिभिन्न मुद्दाका २४ जनाप्रतिवादीपक्राउ गरेको र प्रक्राउ परेकाप्रतिवादीहरुलाई ७वर्ष ५ महिना १४ दिन कैद सजाय र २ लाख७हजार ५ सय १ रुपैयाँ जरिवानाअसुल गरेको छ । त्यसैगरी २०७७ साल चैत्र २५ गते राति २१ बोरा (१६२ किलो) अवैध जडिबुटी (झ्याउ) ओसारपसारमा सम्लग्नबा.४ ख ९७९० नम्बरको ट्रक सहित ३ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकाब्यक्तिहरु हालसम्मजिल्लाप्रहरी कार्यालयकै हिरासतमा रहेका छन् भने उनीहरुमाथिवनकार्यालयबाट अनुसन्धानभइरहेको छ ।
२०७८ बैशाख १ गते अवैध रुपमाओसारपसार गरिरहेको अवस्थामासिशौजातको २० थान (६९.५५ क्युफिट) गोलाई काठ सहित ज. १ त ८०२५ नम्बर को ट्याक्टर र २ जनापक्राउ गरी कारबाहीको लागि डिभिजन वनकार्यालय रामेछापमा पठाइएकोमाउनीहरुलाई हाजिर जमानीमा छोडिएको र वनकार्यालयबाट अनुसन्धानभइरहेको जिल्लाप्रहरी कार्यालय रामेछापले जनाएको छ ।
त्यस्तै तीनमहिनाको अवधिभित्रजिल्लाकोविभिन्न स्थानवाट विक्रीवितरण गर्दै आएको अवैद्य घरेलु मदिरा ३ सय ९७ लिटर नियन्त्रणमा लिई नष्ट गरेको छ । त्यस्तै अवैध उत्खनन् बालुवाचोरी निकासितर्फ ट्याक्टर नियन्त्रणमा लिई ५ हजार रुपैयाँ जरीवानागरिएको जिल्लाप्रहरी कार्यालय रामेछापद्धारा सार्वजनिकगरिएको विवरणमा उल्लेख छ ।
२०७७को माघ, फागुन र चैत महिनामाजिल्लाप्रहरी कार्यालय तथा मातहबाट अपराधन्यूनीकरण र नियन्त्रण साथै समाजमाशान्ति सुरक्षाको अनुभूतीदिलाउन ३ वटा नागरिक सुनुवाइकार्यक्रम सञ्चालन गरेको छ । त्यस्तै ५० वटा समुदाय केन्द्रित सचेतनाकार्यक्रम, १ वटा सरसफाइकार्यक्रम, प्रहरीसँग एक दिनकार्यक्रम २ वटा र बिद्यालय सम्पर्क कार्यक्रम २२ वटा सञ्चालनगरेको प्रहरी प्रतिवेदनमाउल्लेख गरेको छ ।
शान्तिसुरक्षाको राम्रो अवस्थासिर्जनागर्न, अपराध अनुसन्धानतथा समाजमाहुने अवान्छित गतिविधिहरु नियन्त्रण तथानिर्मूल गर्न लामो दुरीको गस्ति (ीच्ए)र सादापोशाकमाप्रहरी परिचालनगरिएको जिल्लाप्रहरी कार्यालयले जनाएको छ ।त्यस्तै थुनुवाहरुलाई मानवोचितब्यवहार, स्वास्थ्यजाँच, बिरामीभएमाउपचारको प्रबन्ध, थुनामा राख्दा र छाड्दा स्वास्थ्यजाँच र मनोरञ्जनको लागि हिरासतकक्षमा टि.भि.२ थानप्रहरीले आफ्नै स्रोतबाट उपलब्ध गराएको छ ।
त्यसैगरी न्यायिकप्रक्रियामाबालबालिकाको प्रतिष्ठा र मर्यादाको नैसर्गिक अधिकारलाई सम्मानगर्दै बालबिज्याँई घटनाहरुमा संलग्नबालबालिकाहरुलाई राख्नबालनिग्रानीकक्षको ब्यवस्था समेत गरिएको प्रगतिविवरणमा उल्लेख गरिएको छ ।

Facebook Comments Box
ad