काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक आइतवार अपराह्न ४ वजे बोलाएका छन् ।
प्रधानमन्त्री ओलीले डाकेको आकस्मिक बैठक सरकारी निवास बालुवाटारमा बोलाएको एक मन्त्रीले जानकारी दिए । आजको बैठकमा कोभिड–१९ रोकथाम र नियन्त्रणका बिषयमा सिसीएमसीले गरेका प्रस्तावका बिषयमा छलफल हुने बताइएको छ ।
पछिल्ला दिनहरुमा कोरोनाको प्रकोप झनै फैलदै जाँदा यसलाई न्युनिकरण गर्न केही समय अन्तराष्ट्रिय र आन्तरिक हवाई उडान बन्द गर्न सिसीएमसीले सरकारलाई सिफारिस गरेको छ । त्यस्तै देशभरका ३० जिल्लामा अहिले निषेधाज्ञा लगाइएको सन्दर्भमा पनि छलफल हुने बताइएको छ ।
शुक्रवार मात्रै सिसीएमसीको बैठकले कोभिड–१९ नियन्त्रणका लागि बैशाख १६ गतेबाट लगाइएको निषेधाज्ञामा थप कडाई गर्ने निर्णय गरिसकेको छ ।
Facebook Comments Box