लोकतन्त्र ः ‘भोज भेइल भारी अ दाइल खेसारी’

Uncategorized

नेपालीले धेरै कुरा आश्वासनमा पाएका छन् भने बद्लामा केही कुरा मात्रप्राप्तिमा । सात सालमा प्रजातन्त्र पाए । छत्तीस सालमा निर्दल बहुदल मध्ये एउटालाई रोज्न । छ्यालीस सालमा बहुदल पाए भने बासठ्ठी त्रिसठ्ठी सालमा लोकतन्त्र पाए । पाउने क्रममै केही समयको अन्तरालमा गणतन्त्र, धर्म निरपेक्षता र संघीयता पनि पाएका छन् तर नेपालीको चाल त्यस्तो ठूलो कुरा पाएर जीवनशैली नै फेरिएको जस्तो देखिएन । पटक्कै देखिएन ।
शनिबार बैशाख ११ गते देशका सर्व शक्तिमान प्रधानमन्त्री केपीशर्मा ओलीले ‘निर्माणको काम सम्पन्न भैनसकेको’ धर धराको तामझामका साथ उद्घाटन गरे । सो उद्घाटन कार्यक्रमको पूर्व सन्ध्यामा राष्ट्रिय सञ्चार माध्यमहरूबाटै आएका समाचारहरू लाई मान्यतादिने हो भने ‘धरहराको उद्घाटनमा कोही कसैलाई नबोलाइने’ भनियो । भरेभन्दाउद्घाटन पछिको समाचारमा र फोटो सेसनमा सैयौँ मानिसहरूको भीडभाड देखिन्थ्यो । सरकार कोरोनाकाकारण आफैँ २५ जना बढी भीडभाड हुने कामनगर भन्छ तर व्यवहारमा आफैँ त्यसको बर्खिलाप गरेर हाँप र झाँपका साथत्यत्रो कार्यक्रमगर्दछ ।
प्रधानमन्त्री ओली धेरैभन्दा धेरै विकासे कार्यको समापन र उद्घाटन आफ्नै शासन कालमा अझ जीवनमा भएको देख्न चाहन्छन् । यो कुनै ठूलो आत्मश्लाघा त होइन तर एउटा प्रश्न उठाउन मिल्छ र आजको दिनले त्यो जो कोही नेपालीलाई प्रश्नगर्ने अवसर दिएको छ भने मुखन लुकाई र जीब्रो नचपाई सोध्न मन लागेको छ –‘अहिलेको आवश्यकता तुलनात्मक रुपमा जनताको जीवन रक्षाको सबालहो किआफ्ना भजन मण्डली लिएर तामझामका साथ अपूर्ण विकास निर्माणलाई उद्घाटन गर्दै लैजानु हो ?’
ओली र उनका पक्षपातीहरू कसैसँग पनि यसको सटिक जवाफ छैन । जनताले दुई हप्ताअघि हाटमा ४५ रुपैयाँ प्रतिकिलोको दरमा किनेको सिमी अहिले बजारमा प्रतिकिलो १५० रुपैयाँमा विक्री भैरहेको छ । त्यसैगरी यो एक महिनामा पटकपटक गरी पेट्रोल र डिजेलमा बढाइएको प्रति लिटर ६ रुपैयाँ साथै कोरोना महामारी माजनताले आवश्यक भेन्टिलेटर पनि नपाएर मर्नु पर्ने स्थिति देखिएको छ । खानेतेल, चिनी, मरिच, मसला र हरियो तरकारी कहाँबाट कहाँपुग्यो यस्ता कुरा लोकतन्त्रमा उठाउन मिल्ने किनमिल्ने ?यी कुराहरूबाट ध्यान हटाउनका लागिविकासे आयोजनाहरूकाउद्घाटन कार्य गर्दै फुट्को मुखमा गैसकेको आफ्नो पार्टीको बचावट्कालागि विपक्षी गुटको संज्ञा दिइएका माधव नेपाल र झलनाथ खनालहरू लाई अन्टसन्ट गाली गरेर आफ्ना कार्यकर्ता कामुखमा पानी भर्नु शिबाय केहीगर्न सकेका छैनन् ।
अहिले जसरी समय अघि बढिरह्यो भने अबहुने चुनावहरूमा यिनी र यिनका गुटका मानिसहरूलाई जनताले जतिसुकै हुरुक्किएर या उतर्सिएर भोट दिएपनि फुटको मानसिकतामा देखिएको पार्टीले बहुमत ल्याउला भनेर कल्पनागर्न सकिँदैन । त्यसैले यिनलाई यही कार्यकालमा प्राप्त बाँकी समयलाई नै उपयोग गरी भोलिका यिनैका अनुयायी र उत्तराधिकारी हरूलाई सजिलो र नरम बनाइदिनु त परै जाओस् आफ्नै पार्टी भित्रका कार्यकर्ता र नेताहरूलाई गाली गरेर जुन अभद्रता प्रदर्शन गरिरहेका छन् यी कुराका गुत्थीहरूले यिनको र यिनका गाली खानेहरूदुवैको अन्तर्य जनताले भलिभाँती जाने । अब जान्न बाँकी कुनै कुरा छैनन् ।
जनता त आउने चुनावमात्र होइन अनन्त चुनाव सम्म पनि मतदानका लागि पर्खि रहनेछन् । त्यहाँ मात्र जनताको कुन पुस्ता हुन्छ भन्ने कुरा मात्र अहम् हुन्छ । वर्तमान समय प्रजातन्त्रको हो । भन्नलाई त प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र जेजे भने पनि हुन्छ तर व्यवहारमा भने एकरुपता हुनु प्रजातन्त्रको धर्म हो । अहिलेको राज्य सत्ताले हामी नेपाली जनतालाई जनताबाट माथि उकालेर नागरिकको पंक्तिमा राखेको छ । नागरिकमा अलोच्य चेत प्रबल हुन्छ । अनालोच्य र शून्यमानसिकताको समूहनागरिक किमार्थ होइनन् । अनि कसैको अन्धभक्तभई समर्थन गर्ने विशेषता पनि नागरिकको हुँदै होइन ।
तर अहिलेको नेपाल र नेपाली राज्य सरहद्भित्रकि त आफ्नो पक्षको महिमा मण्डन गरेर नेता र ठालुहरूको देवत्वकरण गर्ने कि त आफ्नो प्रतिपक्षवा राजनीतिक रुपमा विपक्षीहरूलाई दानवीकरण गरेर गालीगर्दै पात्ताल भासिने स्थितिमा पु¥याउने हठ देखिन्छ त्यो कुनै अर्थमापनि राम्रो होइन । प्रजातन्त्रको शोभा भनेकै विरोध अझ शिष्ट विरोध हो । विरोधीले जहाँजहाँ र जुनजुन पक्षमा विरोध गर्छन् तीती पक्षमा पक्षले सप्रने मौका पाउँछन् । विराधै गर्ननमिल्ने भनेको त एकतन्त्रीय तानाशाहको शासनमाहो अझ सैनिक शासन मा हो । त्यो दुवै सिष्टम अहिलेको नेपालमा छैन । अझै केही समय आउने गुन्जायस पनि देखिँदैन । भनेपछि हामीले हामी भित्रबाट नयाँ नेतृत्वको उत्पादन, हाम्रै सोचबाट नयाँनीतिको अविर्भाव र हाम्रो माटोबाटै कार्य शैलीको अख्तियार गर्नु पर्छ ।
विदेशीले त हामीलाई भरिया र करिया मात्र बनाउने हुन् । हामी विगत्मा धेरै थरी विदेशीको भरिया बनिसकेको स्थिति छ । अझै केहीकेही पार्टीहरू देखार चिनार नै भएर विदेशीको ठाडै गुलाम गरिरहेका छन् । उनीहरूलाई नेपाली नागरिकहरूप्रति विश्वास नभएर हो कि विदेशीहरूको अथाह र अजेय शक्तिप्रतिको अगाध शक्तिले तानेको हो त्यो नेपालीजनताले अझसम्म बुझ्न सकेका छैनन् । बास्तवमा अहिले हामीले मनाइरहेको यो लोकतन्त्र दिवसले खोजेको ग्राँस रुटकै समानता थियो तर दुःखको कुरा त्यो चाहिँहुन सकेन ।
हिजोका नेतापनि यहीँ चुके । आजका नेता पनि यहीँ चुकेका छन् । नजाने भोलिका नेता यहाँ चुक्छन् चुक्दैनन् त्यो भोलिकै समयले बताउने छ । तर जनता भएपछि जनताले त भन्न छाड्दैनन् । प्रश्नगर्नु जनताको मौलिक हक हो । असन्तुष्टि राख्नु जनताको पहिलो सर्त हो । यी कुराहरूबाट कोही नेताडराएर भाग्छ, जनतालाई यही मानेमा गालीगर्दै छि छि र दुर्दुर् गर्छ भने त्यो लोकतन्त्रको हिमायति नेताहुनै सक्तैन । हामीले त्यस्तो नेता खोजेका थिएनौं । हामीलाई हाम्रो मानसिकताको लिड गर्न सक्ने नेता मात्र चाहिएको हो । जसरी अभिनेताले पूरै सिनेमाको लिड रोललाई न्याय गरेर अभिनय गरेर सिनेमालाई फत्ते पु¥याएर दर्शको स्याबासी वावाह्वाही जित्छ त्यसैगरी हाम्रा नेताहरूले पनि हाम्रो सेन्टिमेन्टलाई गन्तव्यमा पु¥याएनन् ।
जनताले संसार हेर्छ र आफ्नो देशको तुलना गर्छ । त्यसैगरी सुन्छ, पढ्छ, गम्छ र चिन्तन गर्छ । यी नेताहरू सजिलो र सप्ठ्यारा समयका लागिमात्र जनताबाट अनुमोदित भई नेता भएका होइनन् यिनीहरू त अप्ठ्यारा समयका लागि पनि ती कुराहरू हटाउनका लागि जनताबाटै अनुमोदित भएका छन् । तर विगत् एक दसकको लोकतन्त्तको यात्रामा हेर्दा हाम्रा नेताकहिले महा भूकम्प आउँदा राहतमा चुकेका भेटिए । हाम्रा नेता कहिले बाढी पहिरोको अनुदानमा चुकेका देखिए । कोही पुन र्निमाणमा चुके । कोहीअझै पनिनिरन्तर चुकिरहेका छन् । कसैलाई अझै सत्तामागएर चुक्नकै हतारो भैरहेको छ ।
तराईको कुनै मध्यगाउँमा ठूलो भोज भएछ । अति राम्रा र मिठा परिकारहरूले पाहुनाहरूको सत्कार गरिएछ । धेरै मानिसहरूले सो भोज खाएछन् । विदावारी भएर जाने बेलामा आयोजक मध्ये कुनै एउटाले सोध्ने गरेछ –भोज केहान् भेल ? कसैले पनियसो भयो । यसो भयो भनेर तितो जवाफ फर्काउने आँट गरेनन् । गाउँमै एकज नागरिब तर सत्य नबोली रहनन सक्ने व्यक्तिले पनि सो भोज खाएपछिको प्रतिक्रियामाभूत, भविष्यत् दुवै कालको प्रतीक्षानगरी प्वाक्कभनेछन् –‘भोज भेइल भारी, अ दाइल खेसारी ।’
प्राश्निक यो उत्तर सुनेर ट्वाँ परेछ । नेपालीमायसको अनुवाद अर्थ हुन्छ । ‘भोज त ठुलो भयो तर दालचाहिँ खेसारीको थियो ।’ तराईमा खेसरीको दाललाई हिनाम मानिन्छ ।
अहिलेको गणतन्त्रात्मक शासनमा पनि जनताले यही शैलीमा भनिरहेछन् । जनताको शक्ति अजेय थियो । छ ।हुनेछ । यो अभिव्यक्तिलाई थुन्नतिर लाग्ने शासकआफैँ इतिहासकाविषयनबन्लान् भन्न सकिन्न तर अभिव्यक्तिलाई सार्थक प्रयोग गरेर व्यवहारमा लैजानु आजको आवश्यकताहो ।
सबै नेपालीमा लोकतन्त्र दिवसको अनन्तानन्त शुभकामना ।
ड्ड

Facebook Comments Box
ad