कोरोनाको कारण पूर्वरानी कोमलको अवस्था गम्भिर आईसीयूमा सारियो

स्वास्थ्य

काठमाडौँ । कोरोना भाइरस संक्रमणको कारण पूर्वरानी कोमल शाहको अवस्था गम्भिर भएको छ । पुर्ब रानी कोमल शाहाको अवस्था गम्भिर भएको खन्दै अस्पतालले आईसीयूमा सारेको बताएको छ । श्वासप्रश्वासको समस्या सँगै अक्सिजनको समेत कमी देखिएपछि आईसीयूमा सारिएको हो ।
कोरोना संक्रमण पश्चात पूर्वराजा दम्पती काठमाडौँको थापाथली स्थित नर्भिक अस्पतालमा उपचाररत छन् । अहिले उनलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको अस्पतालले जनाएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनी पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा रहेको जनाइएको छ । पूर्व अधिराज कुमारी प्रेरणाको अवस्था भने निकै सामान्य रहेको र उनलाई अक्सिजनको सपोर्ट आवश्यक नपरेको अस्पतालले बिहीबार बिहान जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

Facebook Comments Box
ad