बेपत्ता भएका सांसद शाहीको एकै दिन दुई फरक कोरोना रिपोर्ट

प्रदेश ४ स्वास्थ्य

रामेछाप । बुधबार बेपत्ता भएको भनिएका सांसद खिम विक्रम शाहिको एकैदिन फरक फरक कोरोना रिपोट आएको छ । राष्ट्रिय जनमोर्चाका गण्डकीका प्रदेशसभा सदस्य खिम विक्रम शाहीको एकै दिन दुई फरक कोरोना रिपोर्ट सार्वजनिक भएको हो । बुधवार प्रदेश जनस्वास्थ्य प्रयोगशाला र लाइफ केयर डाइगोनस्टिक प्रयोगशाला गरिएको कोरोना परीक्षणमा फरक–फरक रिपोर्ट आएको हो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणले शाहीमा कोरोना सङ्क्रमण रिपोट नेगेटिभ भएको देखाएको छ भने लाइफ केयर डाइगोनस्टिक प्रयोगशाला गरिएको परीक्षणमा शाहीमा कोरोना सङ्क्रमण पोजेटिभ भएको देखाएको छ ।

Facebook Comments Box
ad