रामेछापमा २२ जनाको कोरोना परिक्षण गर्दा १४ जनामा पोजेटिभ

स्वास्थ्य
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रामेछाप । रामेछापमा आज १४ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । हिजो कोरोना परिक्षण गरिएका २२ जना मध्य १४ जनालाई कोरोना पाजेटिभ भएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय रामेछापले दिएको जानकारी अनुसार जिल्ला स्वास्थ्य कार्यालय रामेछापका एक जना कर्मचारी र प्रहरी हिरासतमा रहेका ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै मन्थलीमा रहेको तामाकोशी अस्पतालमा भर्ना भएका ८ जना बिरामीहरुलाई पनी कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । नयाँ संक्रमित १४ जना थपिए संगै सक्रिय कोरोना संक्रमितको संख्या रामेछापमा २६ पुगेको छ ।
आज थप ६५ जनाको स्वाब कोभिड–१९ अस्पताल सिन्धुलीमा पठाईएको अस्पतालले जनाएको छ जस मध्य २६ जना बिद्यार्थी र १४ जना शिक्षक रहेका छन ।

Facebook Comments Box

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
ad ad