रामेछापमा ४ जना बालबालिका सहित ९ जनामा कोरोना पुष्टि

प्रदेश ३ स्वास्थ्य

रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिकाका ४ जना बालबालिका सहित ९ जनामा एकैपटक कोरोना संक्रमण पुष्टि भएको छ ।

गोकुलगंगा गाउँपालिकामा केहीदिन अघि मात्रै एकजना बालक बिरामी परेपछि उनको स्वाब संकलन गरि परिक्षणको लागि धुलिखेल अस्पतालमा पठाउँदा उनलाई कोरोना पुष्टि भएको थियो । बालकलाई कोरोना पुष्टि भएपछि त्यस गाउँका १६ जनाको (कन्ट्रयाक ट्रेसिङ ) स्वाब संकलन गरि शुक्रवार परिक्षणको लागि धुलिखेल अस्पताल पठाइएको थियो । परिक्षणको लागि पठाइएको स्वाब मध्ये ४ जना बालबालिका सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिए ।

उनका अनुसार– कोरोना संक्रमण पुष्टि हुनेमा गोकुलगंगाका ५ जना पुरुष र ४ जना महिला रहेका छन् । कोरोना संक्रमण हुनेमा ४ जना विद्यार्थी र २ जना शिक्षक रहेका छन् । कोरोना संक्रमण भएका सबै जना अहिले आ–आफ्नै घरको होम आइसोलेसनमा बसेको र उनीहरुलाई जिल्ला स्वास्थ्य कार्यालय रामेछाप ल्याउने तयारी भइरहेको प्रमुख कर्णले बताए ।

Facebook Comments Box
ad