दोलखाका सासंदले पिसिआर मिसिन ल्याए अब कोरोना परिक्षण चरिकोटमा

अर्थ स्वास्थ्य

रामेछाप । दोलखा जिल्लाको चरिकोटमा सांसदहरुले पिसिआर मिसिन ल्याएका छन् । धुलिखेल अस्पताल र टेकु अस्पतालमा कोरोना परिक्षण गर्न लैजान र ल्याउन समस्या हुनका साथै रिपोट आउन समेत समस्या हुने भएको भन्दै सांसदहरुले पिसिआर मेसिन खरिद गरेका हुन । प्रतिनिधी सभाका तिन जना सांसदहरुले पचास हजारको दरले बजेट विनियोजन गरी पिसिआर मिसिन जिल्लामा ल्याएका हुन् ।
सांसद पार्वत गरुङ्ग,पशुपती चौलागाई र बिशाल खड्काले स्थानिय पुर्वाधार साझेदार कार्यक्रम र प्रदेश पुर्बाधार विकास साझेदारी कार्यक्रम मार्फत ५० हजारका दरले १ करोड ५० लाख बजेट विनियोजन गरेपछी १ करोड ४८ लाखमा बोलपत्र आव्हान गरिएको थियो भने ९४ लाखमा सम्झौता गरी खरीद गरिएको छ ।
कोरोना परिक्षण मिसिन अहिले दोलखाको सदरमुकाममा रहेको चरिकोट अस्पतालमा राखीएको छ । चरिकोट अस्पतालको ल्याबमा स्थापना भए संगै पिसिआर परिक्षण गर्ने तयारी भएको छ । चरिकोट अस्पतालका डा.बिनोद दंगालका अनुसार प्रदेश र संघिय सरकार बाट अनुमती प्राप्त भएपछी छिटै परिक्षण शुरु गरिने बताएका छन् ।

Facebook Comments Box

ad ad