अबैध रुपमा ल्याउदै गरेको काठ सहित रामेछापमा २ जना पक्राउ

समाज

रामेछाप । रामेछापको सदरमुकाम मन्थलीबाट अबैध रुपमा ल्याउदै गरेको काठसहित २ जनालाई प्रहरीले प्रकाउ गरेकोे छ । चैत्र १ गते दिउसो मन्थली नगरपालिका २ आकाशेमा खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा ट्याक्टर सहित २ जनालाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यलय रामेछापले जानकारी दिएको छ ।
मन्थली नगरपालिका ११ पन्थली बाट ज.१ त. ८०२५ नम्बरको ट्याक्टरमा मन्थली तिर ल्याउदै गरेको २० थान सिसौंका काठ सहित ट्याक्टर चालक राम बहादुर श्रेष्ठ र अबैध रुपमा काठ धुवानी गर्ने चेतमान श्रेष्ठलाई प्रकाउ गरेको प्रहरीले उल्लेख गरेको छ । उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ । अनुसन्धान पछी डिभिजन वन कार्यालय बुझाउने तयारी भएको समेत जनाएको छ ।

Facebook Comments Box
ad