सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता अभियान शुरु

समाज
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रामेछाप । मन्थली नगरपालिकाले बैशाख १ गते (आज) बाट सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता अभियान शुरु गरेको छ । नगरपालिकाले नयाँ वर्ष २०७८ को अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरी बैशाख १ गते वाट नगरपालीकाले शुरु गर्न लागेको सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता अभियान २०७८ शुरु भएको सार्वजनिकीकरण गरेको हो ।

शुभकामना आदान प्रदान कार्यक्रममा पालिकाका उप सचिव हेमन्त बुढाथोकिले सहभागिहरु सबै जनालाई स्वागत गर्दे नगरका सबै वडामा शिविर संचालन गरिने जानकारी दिए । बैशाख १ गते बाट बैशाख १६ गते भित्रमा सबै वडाहरुमा व्यक्तीगत घटना दर्ता अभियान चलाईने भएकोले आफुलाई पाएक पर्ने शिविरमा संम्पर्क राख्न संबन्धीत पक्षलाई उनले आग्रह समेत गरेका छन । त्यसैगरि अभियानका बारेमा सर्वसाधारण सम्म सुचना प्रवाह गर्नका लागि पनि आबश्यक तयारी शुरु भैसकेको जानकारी दिए । सूचना संगै बैकिङ्ग सेबा मार्फत सुरु भएको सामाजीक भत्ता वितरण प्रणालीलाई थप ब्यवस्थीत बनाउन तर्फ पनि शिविर प्रभाबकारी हुने वुढाथोकिले जानकारी दिए ।

वडाध्यक्ष र कार्यपालीकाका सदस्य लगायत नगरपालीकाका सबै जसो शाखाकाका प्रमुख र कर्मचारी हरु समेतको उपस्थीतिमा भएको उक्त कार्यक्रममा मन्थली नगरपालीकाका प्रमुख रमेश कुमार बस्नेत र उप प्रमुख मायाँ कुमारी कार्किले पनि नयाँ बर्ष २०७८ को अबसरमा सहभागिहरु सबैलाई शुभकामना दिएका थिए । शुभकामना आदान प्रदान कार्यक्रममा नगरपालीकाले नेपाल पत्रकार महासंघका नब निर्वाचत टीमका पदाधिकारी हरुलाई समेत आमन्त्रण गरेको थियो ।

Facebook Comments Box

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
ad ad