रामेछाप उद्योग वाणिज्य संघ सम्मानीत

अर्थ प्रदेश ३
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघ नेपाल लाई उद्योग वाणिज्य महासंघले सम्मान गरेको छ । उद्योग वाणिज्य महासंघको ५५औ साधारण सभा तथा उद्योग वाणिज्य दिवस २०७७ को अवसरमा रामेछाप शाखालाई उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरेको हो । उद्योग व्यापार व्यवसायको विकास र प्रवर्धनमा वाग्मती प्रदेशवाट ‘ख’ बर्गका उद्योग वाणिज्य संघहरु मध्ये उत्कृष्ट कार्य गरे बापत नेपाल उद्योग वाणिज्य महासंघले रामेछाप शाखालाई सम्मान गरेको रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव घिमिरेले जानकारी दिए । घिमिरेले रामेछाप उद्योग वाणिज्य संघको कामलाई मुल्यांकन गरी उत्कृष्ट छनोट गरेकोमा खुशी व्यक्त गर्दै नेपाल उद्योग वाणिज्य महासंघ परिवार र मुल्यांकन समिति प्रति कृतज्ञता समेत व्यक्त गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले रामेछाप उद्योग वाणिज्य महासंघका अध्यक्ष केशव घिमिरेलाई उक्त सम्मान हस्तान्तरण गरेका थिए ।

Facebook Comments Box

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
ad ad