दोस्रो मेयर कपको उपाधि मन्थली–११ नाटीलालाई

खेलकुद
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रामेछाप । मन्थली नगरपालिका द्वारा आयोजना गरिएको दोस्रो मेयर कप पुरुष भलिवल प्रतियोगिताको उपाधि मन्थली नगरपालिका–११ नाटीलाले हात पारेको छ । मन्थली नगरपालिका–७ भटौलीलाई ३–१ ले हराउदै मन्थली–११ नाटीलाले जित हात पारेकोे हो । २५ गते देखी जिल्ला समन्वय समितीको खेल मैदानमा भएको खेलमा १५ टिमको सहभागिता रहेको थियो । १५ टिमलाई पछि पार्दै मन्थली नगरपालिका ११ ले उपाधि हात पार्न सफल भएको हो ।

मन्थली नगरपालिका –११ नाटिलाले दोस्रो मेयर कपको उपाधि हात पार्नका साथै उत्कृष्ट टिम कोच, बेष्ट स्पाइकर र सर्वोत्कृष्ट खेलाडीको उपाधि समेत हात पारेको छ । दिलराज पुलामी मगरले सर्वोत्कृष्ट खेलाडी, नारायण श्रेष्ठले बेष्ट स्पाइकर र रविन कुमार श्रेष्ठले उत्कृष्ट टिमकोचको उपाधि हात पारेका हुन । नगरपालिकाले आयोजना गरेको दोस्रो मेयर कप पुरुष भलिवल प्रतियोगितामा नगरपालिकाको १४ वडाको १–१ टिम गरी १४ टिम र नगरपालिकाको कर्मचारीहरुको १ टिम गरी जम्मा १५ टिम सहभागी रहेको थियो ।

Facebook Comments Box

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
ad ad