प्रहरी देखेपछि बन्दुकफालेर युवक फरार

समाज

रामेछाप । गस्तीमा हिडेको प्रहरी देखेपछि भरुवा बन्दुक फालेर फरार रहेका युवकको खोजी कार्यमा प्रहरी जुटेको छ । दोरम्वा गाउँपालिका वडा नं–४ गौश्वाराको ओख्रनीमा सामुदायिक वनमा चोरी शिकारी गर्न भरुवा बन्दुक लिएर वनतर्फ जाँदै गरेका युवकले अकस्मात प्रहरी देखेपछि उक्त बन्दुक त्यही फालेर फरार भएका छन् । बन्दुक फालेर फरार भएका युवकको खोजीकार्य भइरहेको जिल्लाप्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।
रामेछापको गौश्वारा मावि गत वर्षदेखी नै सामुदायिक वनहरुमा रहेका मृग, कालिज लगाएत काजनावरहरुको चोरी शिकारी हुँदै आएको छ । विगतवर्षहरुको जस्तै यसवर्ष पनि त्यस ठाउँमा चोरी शिकारीका घटनाहरु बढेको जानकारी प्रहरीले पाएपछि प्रहरीले त्यस गाउँमा थपनिगरानी वढाएको हो । अहिले दैनिक रुपमा त्यस इलाकामा प्रहरीले गस्ती र सुुराकीको कामगर्दै आएको छ ।
जिल्लाको पश्चिमी भेगमा पर्ने गौश्वारा छिमेकी जिल्ला काभ्रे र सिन्धुुपाल्चोकको सिमानामा पर्ने भएकाले त्यस क्षेत्रमा काठमाण्डौ देखीका विभिन्न अपराधिक घटनामा संलग्न भएका व्यक्तिहरु त्यस स्थानमा वसोवास गर्ने गरेको सूचनाका आधारमा प्रहरीले थपनिगरानी वढाएको जिल्लाप्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Facebook Comments Box

ad ad