उपाधी सुनापती १ गुन्सीको पोल्टामा

खेलकुद

रामेछाप । दोरम्बा गाउँपालिका –६ लखनपुरमा भएको खुल्ला जिल्ला स्तरिय पुरुष भलिवलको उपाधी सुनापती गाउँपालिका –१ गुन्सीले आफ्नो पोल्टामा पारेको छ । १६ गते भएको फाइनल खेलमा प्रतिस्पर्धि टिम सुनापती २ दिमिपोखरीलाई ३–२ को सेटमा पराजित गर्दै गुन्सी उपाधि हात पार्न सफल भएको हो ।

यस्तै आयोजक कालिका युवा क्लबलाई ३–० को सोझो सेट पराजित गर्दै दोरम्बा गाउँपालिका वडा नं ५ ले तेश्रो स्थान हासिल गरेको छ । खेलमा प्रथम , द्वितीय , तृतीय र सान्त्वना हुने टीमले क्रमशः १ लाख, ६० हजार, ३० हजार र १० हजार सहित शिल, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । यस्तै सुनापती वडा नं १ का नवीन महतो उत्कृष्ट खेलाडी घोषित भए भने बेष्ट स्पाइकर सुनापती वडा नं २ का कर्ण बहादुर सुनार , बेष्ट सर्भर कालिका युवा क्लबका बलदेब सिंह धामी बेस्ट सटर सुनापती वडा नं १ गुन्सीका बिबस आलेमगर , बेष्ट डिफेन्डर सुनापती १ का भिम गुरुङ , बेष्ट ब्लकर सुनापती वडा नं २ दिमिपोखरीका समित श्रेष्ठ र बेस्ट कोचमा सुनापती वडा नं १ का अमृत केसी घोषित भएका छन् ।

Facebook Comments Box
ad