रामेछापमा एकै दिन ७४ वटा सवारी साधन नियन्त्रणमा

प्रदेश ३ समाज
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले आइतबार एकैदिन ७४ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । फागुपुर्णिमा पर्बको दिन हुन सक्ने सम्भावित दुर्घटनालाई नियन्त्रण गर्ने एवं होली पर्वमा हुने विभिन्न अवांछित गतिविधि लगाएत अप्रिय घटनाहरु नियन्त्रण गर्ने उदेश्यले गरेको चेक जाँचको क्रममा उक्त सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । जिल्ला प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले गरेको चेकिङमा ७४ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको र ट्राफिक नियम बमोजिम कार्बाही गरिने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Facebook Comments Box

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
ad ad