नेपाल टेलिकमले लाभांश वितरण गर्ने

अर्थ

रामेछाप । नेपाल दूरसञ्चार कम्पनीले (नेपाल टेलिकम) आफ्ना शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सम्पन्न तेह्रौँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७६÷०७७ को मुनाफा रकम मध्येबाट प्रति शेयर ४० का दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सभाले सोही आवका लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु पारित गरेको कम्पनीले जनाएको छ ।
टेलिकमले टपअपमा प्रदान गरेको शतप्रतिशत बोनस, जिरो ब्यालेन्स प्याकेज, मोबाइल इन्टरनेट सेवाको आधारभूत दरमा प्रदान गरिएको २७ देखि ३० प्रतिशतसम्मको छुट, कोरोना राहत कोषमा कम्पनीको तर्फबाट १० करोड र कर्मचारीको तर्फबाट २ करोड गरी १२ करोड योगदान गरेको जनाएको छ । यस्तै, गत आर्थिक वर्ष २०७६÷७७ मा कर तथा गैह्रकरबापत सरकारी राजश्वमा ३५ अर्ब पाँच करोड बुझाएको थियो । टेलिकमलाई गत आर्थिक वर्ष २०७६÷७७ मा रु ४२ अर्ब ९९ करोड राजश्व र ९ अर्ब ७५ करोड नाफा भएको बताइएको छ ।

Facebook Comments Box
ad