आयुर्वेद स्वास्थ्य केन्द्रमा बिरामीको भिड, औषधी पुर्याउनै सकस

प्रदेश ३ स्वास्थ्य
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचार लिन आउने बिरामीहरुको संख्यामा बृद्धि भएसँगै औषधी समेत पुर्याउन सकस भएको छ ।
बिगत वर्षहरुको तुलनामा पछिल्लो समय आयुर्वेद अस्पताल तर्फ नागरिकहरुको आकर्षण बढ्दै जाँदा आयुर्वेद कार्यालयमा उपचार लिन आउने सेवाग्राहीको संख्यामा बृद्धि भएसँगै औषधी पुर्याउन समस्या भएको हो । अहिले दैनिक रुपमा ६० देखी १ सय जनासम्म विरामीहरु उपचार लिन आउने गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापका प्रमुख डा.नरेन्द्र प्रसाद गिरीले जानकारी दिए ।
उनले भने– पहिला–पहिला आयुर्वेद अस्पतालको उपचार पद्धती मन नपराउनेहरु अहिले उनीहरुको विश्वास नै आयुर्वेद तर्फ वढेको छ । केही वर्षअघिसम्म केही मात्रामा मात्रै उपचार लिन आउने गर्दथे । अहिले पहिलाको जस्तो छैन् । नागरिकहरुमा आयुर्वेद अस्पताल प्रतिको मोह बढेको छ । दैनिक ६० देखी १ सयको संख्याको हाराहारीमा दैनिक विरामीहरु उपचार लिन आउने गरेका छन्, डा.गिरीले बताए ।


विगत वर्षहरुमा आयुर्वेद अस्पतालमा उपचार लिन आउने सेवाग्राहीको संख्या कमी हुने गर्दथ्यो । पहिला सबैको रोजाई आयुर्वेद अस्पताल भन्दा अन्य अस्पताल बन्ने गरेको थियो । अन्य अस्पतालमा उपचार लिन गएका बिरामीहरुले प्रयोग गरेको औषधीहरुले उनीहरुको स्वास्थ्यमा असर देखापर्न थालेपछि पछिल्लो समय सबैको रोजाइमा आयुर्वेद अस्पताल बन्न पुगेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थलीका कवीराज दीपककुमार कार्कीले जानकारी दिए ।
उनले भने– अस्पतालमा आउने विरामीहरुको संख्या बढेसँगै भएको जनशक्तीले विरामी जाँच गर्न समस्या भएको छ । अस्पतालमा सरकारले प्रदान गरेको ३० थरीका औषधीहरुले पुर्याउन सकिएको छैन् । अन्य औषधीको तुलनामा आयुर्वेद औषधी लामो समयसम्म सेवन गर्नुपर्ने, एकै विरामीलाई धेरै किसिमका औषधीहरु दिनुपर्ने भएकाले औषधी पुर्याउन समस्या भएको छ । अहिलेसम्म आउने विरामीहरुलाई त जेनतेन पुर्याएका छौं । यसैगरी बिरामीहरुको संख्या बढ्दै जाने हो भने अब औषधी पुर्याउन सकिने अवस्था छैन् कबिराज कार्कीले बताए ।


पछिल्लो समय आयुर्वेद स्वास्थ्य केन्द्रमा फिजीयोथेरापी र मौलिक थेरापी अन्तर्गत पूर्वकर्म, पञ्चकर्म थेरापी गर्न जाने बिरामीहरुको संख्यामा त्यतीकै मात्रामा बृद्धि भएको छ । जिल्लाका अन्य निजी अस्पताल र सरकारी अस्पतालमा समेत थेरापी मेसिन नभएका कारण उक्त सेवा बिरामीले पाउँदैनन् । अहिले आयुर्वेद स्वास्थ्य केन्द्रले थेरापी सेवा उपलव्ध गराएपछि सबैको रोजाई अहिले आयुर्वेद स्वास्थ्य केन्द्र बन्न पुुगेको मन्थली नगरपालिका वडा नं–१ मच्छेडाँडीका बिष्णुप्रसाद सुबेदीले जानकारी दिए ।
उनले भने– पटक–पटक बिरामी भएर एलोपेथिक औषधी सेवन गर्दा शरीरमा धेरै किसिमका साइड इफेक्ट देखा पर्यो । औषधी धेरै प्रयोग गर्दा शरीरमा एक किसिमको सिथीलता समेत आउन थाल्यो भने अर्कोतीर शरीरका हड्डी समेत खिइदै गएपछि थेरापीको उपचार लिन आफु आयुर्वेद स्वास्थ्य केन्द्रको शरणमा आइपुगेको बताए ।


अन्य अस्पतालको भन्दा आयुर्वेदको उपचार पद्धती राम्रो, भरपर्दो, छरितो र सस्तो भएकाले नियमित रुपमा उपचार लिन आउने गरेको मन्थली नगरपालिका वडा नं–४ सुनारपानीका दीपककुमार कार्कीले जानकारी दिए । उनले भने– म पायल्सको बिरामी भएर धेरै काठमाण्डौका अस्पतालहरु धाए । तर कहीँ ठिक भएन, अहिले यहाँ आएर नियमित रुपमा उपचार गराइराखेको छु। अहिले आफ्नो स्वास्थ्यमा निकै सुधार भएको बताए ।


आयुर्वेद अस्पतालमा दैनिक उपचार लिन आउने विरामीहरुमा ग्याष्टिक, अमलपित्त, पायल्स, फिस्टुलाका विरामी बढी मात्रामा आउने गरेका छन् । यसवाहेक स्त्री रोगका महिला विरामीहरुको संख्यामा पनि निकै बृद्धि भएको छ । त्यस्तै फिजोयोथेरापी र मौलिक थेरापी पूर्वकर्म पञ्चकर्मको सेवा लिन आउने सेवाग्राहीहरुको संख्या निकै हुँदा भएको जनशक्तीले काम गर्न समस्या भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापले जनाएको छ ।

Facebook Comments Box

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
ad ad