ग्याँस सिलिण्डर पड्किदा ६ जना घाइते

अर्थ प्रदेश ३

रामेछाप । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं–५ सिर्जनानगरस्थित भिमेश्वर मःम एण्ड चिकेन हाउसमा आइतवार साँझ खाजा वनाउने क्रममा सिलिण्डर ग्याँस पड्किदा होटल संञ्चालक सहित ६ जना घाइते भएका छन् ।
ग्याँस विस्फोटमा परि होलट सञ्चालक दोलखा जिल्ला शैलुङ्ग गाउँपालिका वडा नं–६ घर भई सूर्यविनायक–४ दधिकोट बस्ने ३९ वर्षीय टीकाराम बस्नेत, सोही होटलमा काम गर्ने उनका नातेदार काठमाण्डौं कोटेश्वर वस्ने वर्ष ३३ का राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्की घाइते भएका छन् । घाइतेहरुको डा.ईवामुरा अस्पतालमा सामान्य उपचार पश्चात किर्तीपुर बर्न सेन्टर अस्पतालमा रिफर गरिएको अस्पताल श्रोतले जनाएको छ ।
सो आगलागीमा परि उक्त होटलमा खाजा खान गएका ३ जना ग्राहक पनि घाइते भएका छन् । घाइते हुनेहरुमा झापा विश्वशान्ति गाउँपालिका वडा नं–२ घर भई भक्तपुरको सल्लाघारी बस्ने १९ वर्षिय आदित्य सुवेदी, भक्तपुर सुर्यविनायक वडा नं–५ कटुन्जे बस्ने वर्ष १७ का विकास पौडेल र सोही ठाउँ बस्ने वर्ष १६ का हिमुन्स थापा घाइते भएका छन् ।
घाइतेहरुको पनि मध्यपुर अस्पतालमा सामान्य उपचारसिछ किर्तीपुर बर्न सेन्टरमै रिफर गरिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । घाइते सबैको शरीरका विभिन्न भागहरुमा जलेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

Facebook Comments Box
ad