शैलुङ्ग क्षेत्रमा सिसा जन्यबस्तु निशेध

प्रदेश ३ समाज

रामेछाप । जिल्लाकै पर्यटकीय क्षेत्र शैलुङ्गमा प्लाष्टिक र सिसा जन्यबस्तु निशेध गरिएको छ । रामेछाप र दोलखाको संगमस्थल शैलुङ्ग क्षेत्रमा पर्यटक आगमनसँगै प्लाष्टिक र सिसा जन्यवस्तु जथाभावी रुपमा फाल्ने र फोहोर फाल्ने काम बढ्दै गएपछि दोरम्वा गाउँपालिकाले उक्त क्षेत्रमा प्लाष्टिक र सिसा जन्यवस्तु लैजान निषेध गरेको हो ।
रामेछापकै ऐतिहासिक र पर्यटकीय क्षेत्र शैलुङ्गमा पर्यटकहरु आगमन वढेसँगै फोहोर वढ्दै जाँदा शैलुङ्गमा घुम्न आउने पर्यटकहरुलाई वढी मात्रामा प्रदुषण हुने र वातावरणमा समेत प्रतिकुल असर पर्ने भएकाले गाउँपालिकाको अगुवाईमा उक्त क्षेत्र सरसफाईको अभियान सञ्चालन गरिएको दोरम्वा गाउँपालिकाकी उपाध्यक्ष कृशला घिसिङ्गले जानकारी दिइन ।
उनले भनिन्– शैलुङ्ग क्षेत्रमा वढी मात्रामा फोहोर भएपछि पालिकाको अगुवाईमा दोरम्वाका काकलिङ माध्यमिक विद्यालय, कन्ठेश्वर माध्यमिक विद्यालय र निमा एकेडेमीका विद्यालयका विद्यार्थी, शिक्षक र समाजसेवी लगाएतको सहभागीतामा प्लाष्टिक र सिसाजन्य वस्तु सरसफाईको अभियान चलाइएको उपाध्यक्ष घिसिङ्गले बताइन ।
शैलुङ्ग क्षेत्र घुम्न राजधानी काठमाण्डौंदेखी आउने पर्यटकहरुलाई ध्यानमा राखी दोरम्वा गाउँपाकिलाले विपी राजमार्गमा पर्ने नेपालथोक देखी दोरम्वाको शैलुङ्ग क्षेत्रसम्मको पदमार्गका विभिन्न स्थानहरुमा प्लाष्टिक र सिसा राख्ने डस्पीन ठाउँठाउँमा राखिने र शैलुङ्ग क्षेत्र प्लाष्टिक र सिसा निषेध गरिएको सूचना विभिन्न स्थानहरुमा राखिने पनि दोरम्वा गाउँपालिकाले जनाएको छ ।

Facebook Comments Box
ad