मन्थलीमा प्रहरीको सडक नाटक

प्रदेश ३ समाज
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रामेछाप । सदरमुकाम मन्थलीमा प्रहरीले सडक नाटक गरेको छ । नयाँ पुस्ताका युवाहरु पछिल्लो समयर्मा लागु औषध र खराब दुर्वैसनमा फस्दै गरेको र उनिहरुलाई उक्त ब्यवहार बाट मुक्त गराउने लक्ष्यका साथ बागमति प्रदेश प्रहरीले शनिबार सदरमुकाम मन्थलीमा सडक नाटक प्रर्दशन गरेको हो । लागु औषध विरुद्धको सचेतनामुलक सडक नाटक तथा साँगतिक धुन कार्यक्रम आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा उक्त सडक नाटक प्रर्दशन गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
स्थानिय देबकोटा चौकमा सयौको संख्यामा सहभागि दर्शक हरुका माझ प्रर्दशन गरिएको उक्त सडक नाटक प्रतियोगिताका कलाकार हरुले बर्तमान समाजका युवा युवतिको ब्यवहार स्वभाब संगै उनिहरुको खराब संगतका कारण दुर्बेसनमा फस्न पुग्दा आफनो निजी जीवन र परिबार समेत बर्वादी भएको अबस्थाका बारेमा यथार्थपरक अभिनय गरि दर्शकहरुको मन जीत्ने प्रयास गरेका थीए ।

Facebook Comments Box

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
ad ad