गिरिजाबाबुको हठ र अडानको कारण परिवर्तन सम्भव ः नेता ढुङ्गेल

प्रदेश ३ राजनीति
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रामेछाप । नेपाली कांग्रेसका पुर्व उपसभापती ध्रुवहरी ढुङ्गेलले गिरीजा प्रर्साद कोइरालाको हठ र अडानका कारण देशमा परिर्वतन सम्भव भएको बताएका छन् । सो कुरा उनले गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृती दिवसको अवसरमा बोल्दै वताएका हुन् । गिरिजा प्रर्साद कोइराला फाउण्डेसन रामेछापले शनिबार मन्थलीमा आयोजना गरेको श्रद्धान्जली कार्यक्रमा बोल्दै गिरीजा प्रसाद कोइराला संग हठ र अडान यदि नभएको भए देशमा परिर्वतण सम्भब थिएन् । उनको आटिलोपन र हठकेै कारण मुलुकको परिबर्तनमा उनको योगदान पनि उत्तिकै रहेको पनि ढुंगेलले बताए । सोहि ब्यवहारले लामो समय आफुले पनि कोइराला संगै सहयात्रा गरेकोले कोइरालाले जुन प्रकारको सपना बोकेको थियो उनले त्यो सपना पुरा गरेर छाडेको बताए ।


फाउण्डेसनका जिल्ला अध्यक्ष दिपक खड्काको अध्यक्षतामा भएको ११ औं स्मृतीमा कांग्रेसका नेता तथा कार्यक्रताहरुले तस्विरमा अबिर लगाएर कोइरालाको योगदानको सम्झना गरेका थिए । वि.सं. १९८१ साल आषाढ १८ गते भारतको टेडी गाउँमा जन्मिएका नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको वि.सं.२०६६ साल चैत ७ गते काठमाडौमा निधन भएको थियो ।

Facebook Comments Box

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
ad ad