मन्थलीलाई बालमैत्री बनाउने नगरप्रमुख वस्नेतको प्रतिबद्धता

प्रदेश ३ समाज

रामेछाप । रामेछापको मन्थली नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउने मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले बताएका छन् । मन्थली नगरपालिका वडा नम्बर १ बाल संजालको आयोजनामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख बस्नेतले बालबालिकाको संरक्षण र संवद्र्धन विना नगरपालिकाकोे विकास सम्भव नहुने भन्दै नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउन आफु प्रतिबद्ध रहेको बताएका छन ।
बाल संजालको आयोजना र मन्थली नगरपालिका एवम् वातावरण संरक्ष परियोजनाको सहयोगमा शुक्रबार मन्थलीमा आयोजित बाल अधिकारको अवस्था, सवाल र सरोकारवाला निकायको भूमिका विषयक एक दिने अन्तक्रिया कार्यक्रमको प्रमुख अतिथि समेत रहेका नगरप्रमुख वस्नेतले बालबालिकाको संरक्षण र संवद्र्धनविना नगरको विकास गर्न असम्भव हुने भन्दै आगामी दिनहरुमा बालमैत्री नगर बनाउने गरी योजना बनाएर काम गर्ने प्रतिबद्धता जनाएका हुन । कार्यक्रममा मन्थली नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष नारायणदास श्रेष्ठले आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुने बाल बालिकाहरुलाई आवश्यक आर्थिक सहयोग गरेर शिक्षाको पहुँचमा पु¥याउन सहयोग गर्ने बताएका छन् । त्यस्तै गरी जिल्ला प्रहरी कार्यलय रामेछापका प्रमुख नवराज ढुङ्गानाले जिल्लामा वालवलीकाको अवस्थाको बारेमा जानकारी गराउदै बाल अधिकार हनन् हुनेगरी समुदायमा केही गतीवधी भए प्रहरी लाई जानकारी गराउन समेत अनुरोध गरेका छन ।
मन्थली नगरपालिका वडा नम्बर १ वाल संजालका अध्यक्ष उत्सव केसीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १ अन्तर्गतका विद्यालय स्तरका ५ वटा र समुदाय स्तरका ४ वटा वडा बाल संजाल गरी ९ वटौ बाल संजालहरु कार्यक्रममा सहभागी भएका थिए ।

Facebook Comments Box

ad ad