जिउँदै पुरेको आरोपमा डोजर अप्रेटर पक्राउ

प्रदेश ३ समाज
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रामेछाप । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले सडक खन्ने क्रममा डोजरको ठक्कर बाट घाईते भएकी महिलालाई जिउदै पुरेको आरोपमा डोजर अप्रेटर दाङका भीमबहादुर बुढाथोकीलाई प्रकाउ गरेको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर–१ को सल्यानटारमा सडक निर्माणको क्रर्ममा डोजरको ठक्करबाट घाइते भएकी ४५ वर्षीया सरस्वती कुमाललाई जिउँदै खाल्डोमा छेउको माटो ल्याएर डोजर अप्रेटर बुढाथोकीले पुरेको आरोपमा प्रकाउ गरेको हो । फागुन १७ डोजरको ठक्करबाट घाइते मात्र भएकी कुमाललाई डोजर अप्रेटर बुढाथोकीले उपचार गर्नको सट्टा जिउदै खाल्टा खनेर पुरे पछी स्थानियले डोजरमा आगजनी गरेका थिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले बुढाथोकीलाई पक्राउ गरी पक्राउ जिल्ला प्रहरी कार्यालय धादिङलाई बुझाएको छ । उनलाई ज्यान सम्बन्धी कसूरमा विस्तृत अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

Facebook Comments Box

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
ad ad