पहाडी क्षेत्रमा हावाहुरीसहित हल्का पानी पर्ने

प्रदेश ३ समाज

रामेछाप । राजधानी काठमाण्डौं उपत्यकासहित पहाडी क्षेत्रका केही जिल्लाहरुमा बिहिवार दिउँसो देखी हावाहुरीसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसम परिर्वतन भई दिउँसोदेखी काठमाण्डौंका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमबिद् शान्ति कँडेलले जानकारी दिए । उनका अनुसार– काठमाण्डौं लगाएत पहाडी क्षेत्रका जिल्लाहरुमा हावाहरीसहित चट्याङ्ग र हल्का पानी पर्ने बताए ।

आज देशका धेरैजसो जिल्लाहरुमा मौसम आंशिकदेखी सामान्य बद्ली हुने र देशका धेरै ठाउँमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव परेको मौसमबिद्ले जनाएका छन् ।

Facebook Comments Box
ad