प्रधानमन्त्री ओलीलाई उत्कृष्ट गीतकार अर्वाड

मनोरञ्जन समाज

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा वलीलाई उत्कृष्ट गीतकार अर्वाड द्वारा सम्मान गरेको छ । प्रधानमन्त्री वलीलाई ‘स्वदेशमै रोजगारी’ बोलको गीतका लागि नीम अवार्ड प्रदान गरिएको हो । प्रधानमन्त्री वलीले राष्ट्रियताको पक्षमा गित तयार गरेको भन्दै बालुवाटार पुगेर अवार्डका तर्फबाट ओलीलाई प्रमाणपत्र प्रदान गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्कृष्ट गीतकार अवार्ड प्राप्त गरेका छन् ।
अवार्डका तर्फबाट ओलीलाई प्रमाणपत्र प्रदान गर्न निर्देशक मोहन निरौला, मनोज भेटवाललगायत बालुवाटार पुगेका थिए । प्रधानमन्त्री ओलीले बालुवाटारमा नीम अवार्डको प्रमाणपत्र ग्रहण गरेका छन ।
प्रधानमन्त्री ओलीको रचना, किरण क्रियशनको प्रस्तुति, युवा नेता रमेश पौडेलको संयोजनमा तयार गरिएको उक्त गीति एल्बममा मेलिना राई र शान्तिराम राईको स्वर तथा संगीत रहेको छ ।

Facebook Comments Box

ad ad