देश भर सार्वजनिक यातायात ठप्प पार्ने सरकारलाई चेतावानी

समाज

रामेछाप । सरकारलाई सार्वजनिक यातायातको भाडा नबढाए देशभर सार्वजनिक यातायात ठप्पपार्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ ले जनाएको छ । अब पनी सार्वजनिक यातायातको भाडा नबढाए यातायात सञ्चालन गर्न नसकिने भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई पत्र बुझाएको छ । महासचिव सिटौलाले भने महिनामा तिन पटक सम्म पेट्रोलियम पदार्थको मुल्य वृद्धि हुँदा सार्वजनिक यातायातको भाडा भने यथास्थिति हुनु वैज्ञानिक नभएको बताएका छन् ।
सिटौलाका अनुसार २०६९ सालदेखि सरकारले वारम्बार अहिलेसम्म पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेपनी सार्वजानिक यातायातको भाडा एक पटक पनी नबढाएको भन्दै अब भाडा नबढाए आफूहरुले सार्वजानिक यातायात ठप्प पार्ने चेतावानी दिएका छन् ।
पटक–पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइसकेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य र महासचिव सरोज सिटौलाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई भेटेर चैत तेस्रो हप्तासम्म भाडा नबढाए आफूहरु सवारी साधन थन्क्याउन बाध्य हुनेभन्दै पत्र बुझाएका छन् । मन्त्रीसँगको भेटमा यातायात व्यवसायीले चैत तेस्रो हप्तासम्म यातायातको भाडा बढाउन सरकारसँग आग्रह गरेको छ ।

Facebook Comments Box