रामेछाप । देशका विभिन्न स्थानमा हावा हुरी, मेघगर्जन र चटयाङसहित सामान्य वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।
आगामी तिन दिनसम्म नियमित रुपमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम महाशाखाले अहिले देशमा स्थानीयसँगै पश्चिमी वायुको प नि प्रभाव परेको र त्यसले गर्दा मौसममा बदली आएको जनाएको छ ।
महाशाखाले दिएको जानकारी अनुसार आज बुधवार दिउँसो र राती कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू–भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको जनाएको छ ।
बुधवार दिउँसोबाट मौसममा बदली भई मेघगर्जन, चट्याङ र हावा हुरीसहित सामान्य वर्षाको सम्भावना आगामी शुक्रवारसम्म नै कायम रहने भएकाले सबै नागरिकहरु सर्तक रहन मौमस महाशाखाले आग्रह गरेको छ ।
Facebook Comments Box