नेपाल पक्ष ओलीको चियापानमा नजाने, शीतल निवासमा जाने

राजनीति

काठमाडौं ः नेकपा एमालेभित्रको मतभेत र विवाद अन्त्यका लागि नेताहरु छलफलमा जुटेका छन् । आज प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले ११ बजेका लागि बालुवाटारमा चियापान कार्यक्रममा सबै नेताहरुलाई आह्वान गरेका छन् । तर उक्क्त चियापान कार्यक्रममा माधव नेपाल झलनाथ खनाल समूह नजाने जनाइएको छ । सोही समयमा वामदेव गौतम समूहले कलंकीमा कार्यक्रम आयोजना गरेको छ । आजै एमालेका तीन समूहका बेग्लाबेग्लै कार्यक्रमहरु आह्वान गरिएको छ ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले ११ बजेका लागि बालुवाटारमा चियापान आह्वान गरेका छन् । त्यसतै सोही समयमा वामदेव गौतम समूहले कलंकीमा भेटघाट कार्यक्रम आयोजना गरेको छ । लगत्तै २ बजे नेपाल खनाल पक्षले पत्रकार सम्मेलन आयोजना गर्ने कार्यतालिका रहेको जनाएको छ । सर्वोच्च अदालतको ’नेकपा’ पार्टी विवादसम्बन्धी फैसलापछि अहिले नेकपा एमाले र माओवादी केन्द्र ब्यँतिसकेको अवस्था छ । एमाले ब्युँतिएपछि एकले अर्कालाई कारबाहीमा उत्रिएको एमाले एक ठाउँमा बसेर संघर्ष गर्ने तयारीमा देखिएको छ । पछिल्लो राजनीतिक विवादबारे छलफल गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो ४ बजेका लागि सर्वदलीय बैठक डाकेकी छन् । उक्त बैठकमा एमालेका नेताहरु पनि सहभागी हुने कार्यक्रम रहेको छ ।

Facebook Comments Box
ad