सुकाजोरमा राउतको अध्यक्षतामा ५१ सदस्य तरुणदल गठन

राजनीति

रामेछाप– नेपाल तरुण दल रामेछाप नगरपालिकाले वडा नं ७ सुकाजोरमा गोविन्द राउतको अध्यक्षतामा ५१ सदस्य वडा समिति गठन गरेको छ । नेपाल तरुण दल रामेछाप नगरपालिकाको नगर अध्यक्ष सन्तोष कुमार तामाङको अध्यक्षतामा सोमबार भएको कार्यक्रममा गोविन्द राउतको अध्यक्षतामा ५१ सदस्यिय वडा समिति गठन भएको हो । समीतीमा अध्यक्ष गोविन्द राउत बरिष्ठ उपाध्यक्ष निरज मगर र सचिव गंगा तामाङ रहेका छन् । समितिका पदाधिकारी र कार्यसमिति सदस्य सबै निर्विरोध चयन गरिएको नेपाल तरुण दल रामेछाप नगर सचिव रामकुमार कार्कीले जानकारी दिए ।


कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रामेछाप प्रदेशसभा ‘क’ का सदस्य गुञ्ज बहादुर कार्कीले बाम एकताको नाटक गरेर कम्युनिस्टहरुले झण्डै दुई तिहाइको हाराहारीमा प्राप्त गरेको मतको अपमान गरेको आरोप लगाउनु भएको छ ।
त्यस्तै अहिले देशलाई गती दिन नसके पछी जनताबाट भाग्न खोजेको आरोप लगाउँदै कम्युनिस्टबाट देशको विकास हुन नसक्ने बताएका छन । विगतमा देशलाई अफ्टेरो पर्दा काँग्रेसले नेतृत्व गरेर देशलाई सही दिशामा लगेको इतिहास स्मरण गर्दै सदस्य कार्कीले कम्युनिस्टकै कारण देशमा आएको अहिलेको संकटबाट देशलाई सही बाटोमा लैजानको लागि नेपाली काँग्रेसले सरकारको नेतृत्व लिनु पर्ने धाराण राखेका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कार्कीले गठित समितिका पदाधिकारी र सदस्यलाई बधाई दिदै अनुशासित र मर्यादित भएर पार्टीको संगठन विस्तारसँगै सामाजिक कार्यमा लाग्न अनुरोध समेत गरेका छन ।


नेपाली काँग्रेस रामेछाप नगरपालिकाका नगर सचिव एवं वडा नं ७ सुकाजोरका वडाध्यक्ष समिर कार्कीले युवा बिना वडा नगर देखि देशको विकास हुन नसक्ने भन्दै समग्र विकासमा युवाहरु लाग्नु पर्ने बताएका छन् । गाउँ समाजमा हुने काम देखि पार्टीका विभिन्न संगठनमा हुने काम हतारमा गर्दा वा अरु कसैको उक्सावटमा लागेर गर्दा त्यसले राम्रो परिणाम बताएका छन् । कार्कीले तरुणको सांगठनिक काम देखि युवाहरुको हरेक समस्यामा काँग्रेस नगर समितिले सधैं सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रमको अध्यक्ष एवं नेपाल तरुण दल रामेछाप नगर समितिका अध्यक्ष सन्तोष कुमार तामाङले नेपाली काँग्रेसको विभिन्न संगठन मध्ये नेपाल तरुणदल पार्टीको मेरुदण्ड जस्तै भएकाले तरुण युवाहरु सशसक्त भएर लाग्नु पर्ने बताए । अहिलेको अवस्थामा हरेक ठाउँमा युवाहरुको नेतृत्व आवश्यक रहेको भन्दै पार्टीको संगठन देखि देश विकासका हरेक गतिविधिमा युवाहरुले हस्तक्षप गर्दै देशलाई नयाँ दिशा तर्फ लैजन भूमिका खेल्नु पर्ने धाराण राखेका थिए ।

Facebook Comments Box