प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच छलफल

राजनीति संसद
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार राति लामो समय भेटवार्ता भएको छ । करिब डेढ घण्टा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच छलफल छलफल भएको छ । बेलुकी ७ बजेतिर पुगेका प्रधानमन्त्री ओली राति ८ः३० बजेतिर मात्र राष्ट्रपति निवास बाट बाहिर निस्केका थिए । प्रधानमन्त्री निवास बालुवाटारले यो भेटलाई नियमित भट भनेर भनेको छ । तर प्रधानमन्त्रीले अहिलेसम्म हुँदै आएका नियमित भेटबारे खुलेर केही पनि बताउने गरेको छैन । ओलीले यसअघि पटक पटक राष्ट्रपतिलाई भेटेर संसद विघटन गरेका थिए । संसद पुनःस्थापना भएपछि फेरि उनी राष्ट्रपतिलाई पटक पटक भेट्न पुगेका छन । नेकपा एमालेका माधवकुमार नेपाल पक्षका एक नेता भन्छन्, ‘जब ओलीजी शीतलनिवास छिर्नुहुन्छ अनिष्ट हुँदैछ भनेर बुझ्छु ।’ उनले राम्रो नियतका साथ ओली शीतलनिवास कहिले पनि नछिरेको आरोप लगाएका छन् ।

Facebook Comments Box

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
ad ad