घरको भित्ता फोडेर सुतिरहेकी महिलामाथि आक्रमण

प्रदेश २ समाज
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

वीरगंज ःआफ्नो घर भित्र सुतिरहेकी महिलामाथी घरको भित्ता फोरेर छुरा प्रहार गरेकोे छ । पर्सा जिल्लाकोे पर्सागढी नगरपालिका–३ पकडिया बडनिहारको मुशहर टोलमा ४५ वर्षीया लक्ष्मीनियादेवी चौधरीमाथि घरको भित्ता फोरेर छुरा प्रहार भएको प्रहरी चौकी बिरूवा गुठीले जनाएको छ । बिरूवा प्रहरीका अनुसार दुईतीन जनाको समूहमा आएका व्यक्तिले खर र माटोले बनेको भित्ता भत्काएर घरभित्र प्रवेश गरेर चौधरीमाथि छुरा प्रहार गरेको जनाएको छ ।
चौधरी केही समयदेखि पतिसँग अलग्गै बस्दै आएकी थिइन् । छुरा प्रहारबाट चौधरीको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ । उनलाई उपचारको लागि नारायणी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । यसैबीच, प्रहरीले छुरा प्रहार गरेको कसूरमा एकजना नाबालक सहित दुई जनालाई शंकाको आधारमा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, पर्साले एकजना १७ वर्षीय नाबालक र अर्का एकजनालाई पक्राउ गरिएको र अनुसन्धान भइरहेको जनाएको छ । छुरा के कारणले प्रहार गरेकोे कारण भने खुलिसकेको छैन । प्रहरीले अनुसन्धान पछि तथ्य खोल्ने र सार्वजनिक गर्ने बताएको छ ।

Facebook Comments Box

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
ad ad