तान डोरी प्रतियोगिताको उपाधी मन्थलीलाई

खेलकुद प्रदेश ३

रामेछाप– जिल्ला खेलकुद विकास समिति रामेछापले आयोजना गरेको (टग अफ वार) तान डोरी प्रतियोगिताको उपाधी मन्थली नगरपालिकाले हात पारेको छ । जिल्ला खेलकुद विकास समिति रामेछापले जिल्लामै पहिलो पटक आयोजना गरेको (टग अफ वार) तान डोरी प्रतियोगितामा जिल्लाका ८ स्थानीय तहबाट ८ टिम सहभागि भएको थियो ।
प्रतियोगितामा खाँडादेवीलाई पछि पार्दै मन्थली नगरपालिकाले जित हात पारेको हो । जिल्ला समन्वय समितिको खेल मैदनमा शनिबार भएको (टग अफ वार) तान डोरी प्रतियोगितामा खाँडादेवी गाउँपालिका उपबिजेता भएको छ । प्रतियोगितामा बिजेता हुने टिमलाई नगद २० हजार नगदको साथमा शिल्ड, मेडल र प्रमाणपत्र उपबिजेता हुने टिमलाई १५ हजार नगदको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको खेलकुद विकास समिति रामेछापका प्रमुख केशब कटेलले जानकारी दिए । त्यस्तै खेलमा सहभागी हुने टिमलाई प्रमाणपत्र द्वारा सम्मान गरेको खेलकुद विकास समिति रामेछापका प्रमुख कटेलले जनाएको छ ।

जिल्लामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको जिल्ला खेलकुद रामेछापका अध्यक्ष राजेश श्रेष्ठले बताए । कोरोनाको कारण प्राय ठप्प जस्तै भएको खेलकुदलाई बिस्तारै गर्दै जाने बताउँदै अध्यक्ष श्रेष्ठले तान डोरी प्रतियोगिताबाट खेलकुदको सुरुवात भएको दावी गरे ।
प्रमुख जिल्ला अधिकारी र रामेछाप उद्योग वाणिज्य संघको टिमबीच मैत्रीपूर्ण खेल खेलेर प्रतियोगिताको उद्घाटन भएको थियो । मैत्रीपूर्ण खेलको बिजेतालाई खसी उपहार घोषणा गरेको थियो तर दुबै टिम बराबर भएको घोषणा भएपछी उपहार खसी भने आयोजक समितीले बुझेको छ ।

Facebook Comments Box
ad