भदौ महिना भित्र महाधिवेशन नगरे पार्टि संकटमाः कांग्रेस नेता घिमिरे

प्रदेश ३ राजनीति

रामेछाप । नेपाली काँग्रेसको आसन्न चौधौ महाधिवेशन भदौ महिना भित्र नगरे पार्टि संकटमा पर्ने खतरा भएको नेपाली काग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरेले वताएका छन् ।
नेपाली काँग्रेस रामेछपाले मन्थलीमा आयोजना गरेको अगुवा कार्यकर्ताहरु सँग भेटघाट तथा कृयासिल सदस्यता वितरण सम्बन्धी अन्तरकृया कार्यक्रममा बोल्दै नेता घिमिरेले भदौ महिना भित्र चौधौ महाधिवेशन नगरे पार्टि संकटमा पर्ने खतरा भएको भन्र्दै चैत्र १० गते भित्र जसरी पनी कृयासिल सदस्यता भरीसक्नु पर्ने बताए ।
नेता घिमिरेले चैत्र १० गते भित्र जिल्ला पार्टि कार्यालयमा कृयासिल सदस्यता भरेर नवुझाउने वडा, पालिका वा क्षेत्र चौधौं अधिवेशनमा सहभागिहुन वाट वञ्चित हुने बताएका छन् ।

पार्टि सभापति लवश्री न्यौपानेको अध्यक्षता एबं केन्द्रीय सदस्य श्याम घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा वोल्ने अधिकांस वक्ताहरूले वडामा कृयासिल भर्ने हरुको संख्या धेरै भएको तर कृयासिल सदस्यताका लागि फारामहरू न्यून मात्र प्राप्त भएकोले मौजुदा कृयासिल फारामहरू बाट सदस्यता भर्न चाहाने सबैलाई कृयासिल दिन नपुग्ने भएकोले कृयासिल फाराम र सो भर्ने अन्तिम मिति थप गर्न अनुरोध गरेका थिए

Facebook Comments Box
ad