८ महिनामा एक करोड राजस्व संकलन

अर्थ प्रदेश ३
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले ८ महिनाको अवधीमा १ करोड ८ लाख ३८ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ ।
ट्राफिक प्रहरी रामेछापले अहिलेसम्मकै सबैभन्दा बढी राजस्व संकलन गरेको हो । पछिल्लो ८ महिनाको अवधिमा ट्राफिक नियम विपरित जथाभावी रुपमा सवारीसाधन चलाएका १0हजार ९ सय सवारीसाधन र तिनका चालकलाई कारवाही गरे बापत उक्त राजश्व रकम जम्मा भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख रामेश्वर पाण्डेले जानकारी दिए ।
जिल्लामा संचालन हुने सवारीसाधनका चालकहरुले आवश्यक कागजात नलिई सवारीसाधन चलाउने, ट्राफिक नियमको उल्घंन गर्ने, मदीरा सेवन गरि सवारीसाधन चलाउने, क्षमता भन्दा बढी यात्रुहरु राखी सवारीसाधन चलाउने चालकहरुलाई कारवाही गरे बापत यतिधेरै रकम उठेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक नबराज ढुंगानाले जानकारी दिए ।

Facebook Comments Box

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
ad ad