फैसलापछि नेपाली राजनीतिको मध्यान्तर !

बिशेष राजनीति विचार / ब्लग

‘नेपालमा नहुने भन्ने कुरो केही नै रहेन अब । रहँदा÷बस्दा १ सिटे सांसद प्रधानमन्त्री हुने वातावरण तयार हुन सक्छ । बिहान पारिलो घाममा आफैँले बाँधेको खसी बेलुकी मजाले भुक्यो भने यहाँ अचम्म नमान्दा हुन्छ ।’ एकजना जुझारू युवाको भनाइबाट लेख आरोहण गर्न मन लागेको छ – आज ।
नेपालमा युवाहरूलाई सबै राजनीतिक शक्तिहरूले बाइपास गरिरहेका छन् । उनीहरूको अनन्त ऊर्जाको नजरअन्दाज गरिरहिएको छ । त्यसैले ६० लाख युवाहरू विदेश भासिएका छन् । तिनीहरूकै रगत पसिनाले निखनेका करहरूमा तर मारेर सत्तरी काटेका नेताहरू सबै पार्टीमा राइँदाइँ मच्चाइरहेका छन् । कम्तिमा संसद पुनस्र्थापना प्रतिगमन होइन भने अब युवाहरूको ससम्मान राजनीतिमा आगमन हुनुपर्छ । नत्र युवाले हरेक पार्टीका बुढा नेताहरू लखाटेर आक्रमक उपस्थिति आआफ्नो पार्टीमा बनाउदै जानुको कुनै विकल्प छैन ।
सम्भावनाको खेल भनिएको राजनीतिमा के गर्न हुने, के गर्न नहुने भन्ने कुनै सीमान्त नियम नहुने रहेछन् । गएको पुस ५ गतेदेखि यता फागुन ११ गते दिउँसोसम्म नेकपाका दुई बुढा नेताहरू एकर्कालाई गाली गर्दाका अवस्थामा आफ्ना भएभरका सबै वश्त्रादिहरू खोलिरहेका थिए ।
छि ! छि ! छि ! ससाना केटाकेटीहरूले टेलिभिजनमा ओली र प्रचण्डका भाषणहरूबाट के सिके होलान् ? तिनीहरूका गुट÷उपगुट वा आफ्नो क्याडर बाहेकमा आम जनमानसमा कस्तो प्रभाव प¥यो होला ? अब के ती सामान्य भोटरहरूले यी बूढाहरूका पार्टीहरूलाई उदात्त दिलले भोट देलान् त ? प्रसिद्ध कार्टुनिष्ट रविन सायमीले बनाएको एक चर्चित कार्टुनमा ‘एकदिनको भाषणमा कुनै अमुक नेताले भाषण गरिरहेका बेला जनता जनाद्र्धनका स्थानमा मञ्चका वरिपरि र यत्र तत्र र सर्वत्र चम्चै चम्चाहरूको उपस्थिति देखाएका थिए । कलाकारले देखाउन खोजेको अन्तर्यले भन्थ्यो कि जिल्ला जिल्लाबाट मासुभात खुवाएर पैसा समेत दिई बसमा भेडाबाख्राझैँ कोचेर ल्याइएका ती मानिस कम बढी ‘चम्चा’ थिए ।
त्यसैले भाषणबाट कोही जनमानस सन्तुष्ट भएनन् । ‘यो नाटक हो, होइन यो नौटङ्की हो’ भन्नेजस्ता सबालजवाफहरू देखिए । दोहोरी खेल्न कुनै रहनीको कमि भएन । नेताहरू भनेका दुई कौडीका मानस भएका दोपाया रहेछन् भन्ने सन्देश बाहिर गयो । दिनमा तीनथरी बोली बोल्ने नेताहरूको कुन समयको बोली पत्याउनु नागरिकहरू नै रनभुल्लमा परे । बिहान चियाको चुस्कीसँगै एकथरी अभिव्यक्ति, दिउँसोको खानामा मिलाएर अर्कोथरी लोली र बेलुकीको सोमरससँगै कटाक्ष गाली देखेर नेपाली राजनीतिमा दर्शनको दाउन सकिएको कि त वयेलिएको भान भयो ।
प्रतिगमनका नायिके भनिएका खप्रओ अर्थात् कामचलाउ प्रधानमन्त्री ओली र अर्का प्रतिगमनका मतियार भनिएकै पुष्पकमल दहाल र माधवकुमार नेपाल तीनवटै स्थुल मनुवाहरूलाई बुद्धिजीवीहरूले प्रतिगमनका खलनायक भनेर प्रमाणित गरिसकेका छन् । ओलीलाई कागजी बाघ, प्रतिगमनका खलनायक, उखाने शासक, सपना देख्ने तर ती सपनालाई मूर्त रुप दिनका लागि चाहिने जोहो र योजना पटक्कै बनाउन नजान्ने मनगढन्ते नेता भन्ने आरोपसमेत लाग्ने गरेको छ ।
त्यसैगरी दहाल र नेपाललाई ओलीलाई यो कदम चाल्नका लागि बाध्य पार्ने प्रतिगमनका मतियारद्वय भनिएको छ । हुन त यी दुवै पक्षको मत नमिलेर, ओलीका काम कारबाहीमा प्रचण्ड र नेपालले तगारो हालेकाले राजनीतिक छिनाझप्टी भएको हो । भन्नेले यसो मात्र भनेनन् घुमाइफिराईकन दहाल–नेपालको राजनीतिक असहयोगका फुँदाहरूलाई समेत जोड्ने काम गरे ।
ओली र दहालले तोरी र कोदो मिसाएर एकताको स्वाङ्ग गरेका थिए । ताक पर्दा ती दुवै दुवैलाई लडाएर घाँटी न्याँक्ने दाउमा थिए । दुईदुई पाइलट भनाएर जेट उडाएको अभिनय गरे निनानसेकमा पार्टी नै लथालिङ्ग र भताभुङ्ग पारिदिए । काँग्रेसलाई लोप्पा खुवाउनका लागि चलाख ओलीले प्रचण्डलाई उनको हैसियतभन्दा बढी सिट दिएर पार्टी एकीकरण गरे पनि केन्द्रमा मुख मिलाइयो तर गाउँमा पुच्छर मिलाउन सकिएन । न कोदोबाट पिठो आयो न तोरीबाट तेल । विकास निर्माणका काम कुराहरूमा सधैँ जालझेल भयो । जनताका आयआर्जन गर्न सकिने र दीगो विकासका योजनाहरूभन्दा ‘भ्यु टावर’ को रटान लगाइयो जहाँ जनताका गरिबी हेर्नका लागि कथित सुकिलामुकिलाहरू भ्यु टावरमा चढेर अभाव र भोका दाम्रा पेटहरू हेर्न लालयित देखिए ।
कृषिलाई आधुनिकीकरण, यान्त्रिकीकरण, अग्र्यानिक तबरको शैलीमा ल्याइएन कि गफ र भाषणमै दिन बिताउने काम गरियो । ओलीकै कृषि मन्त्री घनश्याम भुसालले पोहोरको असारमा भारतहुँदै नेपाल पसेको सहलका लागि ‘अङ्ग्रेजी गीत घन्काएर निर्मूल पार्नुपर्छ’ भन्ने ‘मन्त्रीभाषण’ गरी आफैँ ‘जोकर’ सावित भए । समयमा रासायनिक मल खरिद गर्न नसकेर आलोचित मन्त्री धान रोप्ने बेलामा ल्याउने मल गहूँ छर्ने बेलामा पनि नल्याएपछि भने किसानको रोषको तारो भए ।
नेपाली जनताले पचासको दसकमा शुरू भएको जनयुद्धमा मारिएका १७ हज्जार मान्छेको बलिले देशले कोल्टे नफेर्ने देखेपछि र पसाचको दसकमै विकृतिका रुपमा मौलाएको सांसद खरिदविक्री, पार्टी परिवर्तनका लागि आयाराम गयाराम प्रवृत्ति र नौनौ महिनामा सरकार परिवर्तन भएर नागरिकहरू दिक्कवाक्क भएका थिए । दुई कम्युनिष्ट पार्टी एक भएर चुनावमा गएपछि स्वभाविकै थियो तिनीहरू नै मुलुकको ठूलो पार्टी बन्छन् । नभन्दै बने पनि । तीन वर्ष ढुक्कले ओलीले सरकार चलाए । प्रतिपक्ष आफ्नो ठेगानमा थियो । विरोध गर्नै पर्ने काममा मात्र विरोधका स्वर उराल्थ्यो । प्रतिपक्षमा पनि संसदमा गगन थापा र मिनेन्द्र रिजालहरू मात्र कडा रुपमा देखिए ।
बेकारमा आफ्नै छँदाखाँदाका सांसदहरू बेफ्वाँकमा प्रतिपक्षको भूमिकामा आए । भीम रावल, घनश्याम भुसाल र योगेश भट्राईले कहिले जीब्रो चपाएर कराउनुप¥यो कहिले काँचो आन्द्रा चपाएको अभिनय गर्नुप¥यो । राजनीतिलाई आफ्नै भनाउँदाहरूले लाजनीति नबनाइदिएको भए ! लाम लागेर ओम्नी, यति, ललिता निवास, वाइडबडी काण्ड, निर्मला पन्त हत्याजस्ता संगीन मुद्दाहरूमा दूधको दूध पानीको पानी गर्न सकेको भए, सम्धीलाई काँध नहालेको भए, उज्यालो नेपालका अभियन्ता कूलमान घिसिङ्लाई विनाबिच्चमा दोस्रो कार्यकालका लागि सरक्कै म्याद थपिदिएको भए यी र यस्ता कति छन् कति पहेलीहरू !
कोरोना कहरले राज्यको लाज छेक्ने अश्त्रको काम गरेकै थियो । ओलीले भन्ने गरेको ‘म आफू भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्न’ भन्ने शैलीको लहरो नसमातेको भए के जान्थ्यो नेकपाको ? केन्द्रमा मात्र होइन पाँच प्रदेशमा समेत ओलीका विश्वासपात्र नेताहरू प्रदेश सरकारको वागडोर सम्हालिरहेका थिए । प्रचण्ड–माधवलाई भित्तैमा पु¥याएर साइजमा ल्याउने हरकतले ओलीलाई असहयोगको वातावरण बनाउन विरोधीलाई पुट भयो ।
कागज गरेरै अढाइअढाइ वर्षको सहमति गरेका ठाउँमा लिखित सहमतिसमेत नमानेर उस्तै र उही हैसियतका नेतालाई आफूले भनेका कुरामा समेत मिसिल मिलाउन नसकेपछि दुवै गुट आआफ्नो बाटोमा लागेका हुन् । प्रचण्ड आफ्नो शक्ति, सत्ता र अधिकारको वर्चश्वका लागि अनेक ताल तिकड्म गरेर नेता, कार्यकर्ता र कार्यशैलीलाई उरालधुराल गर्न सक्ने नेता हुन् भन्ने कुरा ओलीले यीसँग घाँटी जोड्ने बेलामा बुझेकै थिए त्यसलाई जबर्जस्ती बुझ पचाउनु यिनका लागि महँगो सावित हुनसक्छ, राजनीतिक विश्लेषकहरू यसरी विश्लेषण गर्न थालेका छन् ।
सम्मानित अदालतमा मुद्दाले प्रवेश पाएपछि कहिले तीसौं वर्ष पानी नझर्ने मेलम्चीका धाराझैँ विना धाराको प्रयोग गरेर संसद विघटनको सिफारिस गरिएको कुरा महान्यायाधीवक्ता समेत रहेका पुराना कानुन व्यवसायी अग्नि खरेललाई समेत थाहा रहेनछ । सोको सक्कलबमोजिम नक्कल भएझैँ राष्ट्रपतिको कार्यालयबाट समेत कुनकुन धारा वा उपधारा सोको हेक्का नराखिकन गरिएको संसद विघटनले एकातिर जग हँसाउने काम ग¥यो भने अर्कोतिर झन् ओलीद्वारा अदालतलाई नै च्यालेन्ज हुनेगरी हुङ्कार गरिएका संभाषणहरू, राजधानी लगायत देशका प्रमुख सहरहरूमा ‘साउथ इन्डियन मुभी’मा भिलेनले आफ्नो सानदार जीतका लागि सिनेमाको अन्तिम फाइट सिनमा देखाउने पुत्लाजस्तो पूर्णकदको शालिकको प्रचारलाई नागरिकहरूले ज्यादै भद्दा भन्दिएका थिए ।
आखिर नेताले जनताको मनमा रहेरै शासन गर्ने हो । जनताको मनको कुरा नबुझेर धेरै शासकहरू विश्वमा र हामी कहाँ पनि पत्तासाफ भए । राजाको प्रत्यक्ष शासनकालमा जिल्ला दौडाहामा निस्केका राजा ज्ञानेन्द्र शाहले जनताको आर्तनाममा केबल ‘बुझेँ, बुझेँ’ मात्र भनेर पुष्पगुच्छा लिएर भीड हटाएको दृश्य नेपाली जनताले बिर्सिसकेका थिएनन् । अहिलेको आन्दोलनमा अझ खासगरी सरकारी पक्षबाट भएको भनिएको आन्दोलनमा सरकारी ढुकुटी रित्याउने शैलीमा गरिएको फजुल खर्चको प्रतिपक्षी नेता, कार्यकर्ता या सजग नागरिकहरूबाट लेखाजोखा राख्ने काम भएकै हुनुपर्छ ।
कुनै पनि लोकतान्त्रिक शासकलाई फोसामा तानाशाह बन्न अबको खुला र चेतनशील समाजले त्यतिकै दिँदैन । कि त अहिले तानाशाह बन्ने अभीष्टता राख्ने शासकले लाखौं मानिसलाई उनीहरूको अभिव्यक्ति दबाउनका लागि पेल्ने योजना बनाउन सक्नु प¥यो कि त आफूले एउटै गल्ती नगरिकन शासक भएर शासन सञ्चालन गर्ने हिम्मत राख्नुप¥यो । यदि यसो गर्न नसक्ने शासकहरूले सामान्य शासकको भूमिकामा रहेर शासन सञ्चालन गर्नु बेस् हुन्छ । यो कुरा ओलीलाई ‘ओली बा आइ लभ यु’ भन्ने कार्यकर्ताहरूले सार्वजनिकरुपमा भन्न सकेनन्, न त क्याबिनेट मन्त्री वा सल्लाहकारको भूमिकामा रहेका उनका हितैसीहरूले स्पष्टरूपमा कुरा राख्न नै सके ।
अदालतको पैmसलापछि १३ दिनभित्र संसद बोलाउनै पर्ने बाध्यकारी फैसला सम्मानित अदालतले गरिदिएको छ । संसद बोलाएपछि पहिलो काम भनेको अब विपक्षीहरूले अविश्वासको प्रस्ताव दर्ता गर्नेछन् र बाँकी संसदीय कार्यवाहीहरू अघि बढ्ने छन् । प्रधानमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव पारित भएर नयाँ सरकारका लागि बाटो खुल्यो भने अहिले ओलीका पक्षमा ‘मर्ते दम तक’ भनेर लागेका राजनीतिक प्राणीहरूमध्ये २५ प्रतिशत कार्यकर्ताहरू ओलीसँग बसे भने त्यो अचम्म हुनेछ ।
पावर, मनी र पोजमा नझुत्तिने मानिस यो संसारमा हुँदैनन्, छैनन् । यी घटनाहरूले नेपाली राजनीतिको मध्यान्तरलाई देखाएको भान भैरहेको छ – यतिखेर । स्थायित्व र विकास सिकास भनेको त गायक रामकृष्ण ढकालको गीतको फाँकीजस्तै –‘यो त सब भन्ने कुरा न हो ।’

Facebook Comments Box
ad